Tuesday, December 5

भोलि असार १० गते बुधबारको राशिफल हेर्नुहोस्..

June 23, 2020 2084

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजन’को सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजना’मा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तक’हरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँ’दा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसा’यमा सामान्य लाभ हुनेछ तर चिता’एको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)- बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आ’कर्षण गर्ने समय छ। प्रशंसक’हरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिला’उनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम’ सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिए’का काम पनि सम्पादन गर्न सकिनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रच’नात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिले’को सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडि’एका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो’ जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसा’यमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक सम’स्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। टाढाका साथीभा’इसँग सम्पर्क बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढा’उला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ। श्रम’को उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिए’को लाभांश पनि प्राप्त हुनेछ।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)- अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानी’ले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन स’क्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेत’ले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेह’रूबाट सजग रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामा’जिक काममा रुचि बढ्नेछ। आव’श्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछ’न्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास’ पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ। विश्वासघात गर्नेहरू सक्रि’य रहनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- खान’पानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहि’रिनाले समस्या आइपर्ला। आम्दानी रोकि’नाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भाग’को आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- केही खर्च लागे पनि खानपान तथा मनोरञ्जन’को समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्का’र पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौति’क सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसा’यको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्ती प्रयत्न गर्दा समस्या’ आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)-परिस्थितिवश सानोतिनो समस्याले अल्झाउ’नेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विज’यी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभ’न्दा बुद्धि’को उपयोगले फाइदा दिलाउनेछ। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना’ अधुरै रहनेछ। हल्ला’को पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना’ कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठी’हरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्