Friday, September 22

जब प्रहरीले स्थानियहरुसँगै चितुवा डोर्याएर सडकमा हिँडेपछि (भिडियो हेर्नुहोस)

June 23, 2020 2165

सामाजिक सञ्जालमा सडकमा एउटा चितुवा’लाई डोर्याउँदै गरेको भि’डियो भाइर’ल भइरहेको छ । सुरक्षाकर्मी र स्थानियको भिडबीच एउटा चितुवालाई बाख्रालाई जस्तो डोर्या’एर हिडेको देखिन्छ । अचम्म लाग्दो यो भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ ।

चितुवालाई एक जना प्रहरीले समा’तेको देखिन्छ भने स्थानिय पनि संगसंगै हिडेको देखिन्छ । स्थानियहरु सेल्फी पनि खिचिरहेका छन् । त्यती धेरै मानिसको भिड’मा पनि चितुवा आनन्दले हिडेको देखिन्छ ।

घरपालुवा जनावर जस्तै मानिससंग संगै डोरिएर हिडेको छ । यी क्रियाकला’पहरु कैद भएको भिडि’यो फेसबुक, ट्वीटर, युट्युबलगायत सबैतिर चर्चाको केन्द्रमा छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडि’यो अनुसार यो घटना पर्वतकोहो । पर्वतको जलजला गाउँ’पालिका ७ स्थित लामागरामा सोमवार साँझ चितुवा देखिएको थियो ।

जंगल घाँस दाउरा गर्न गएका स्थानियले चितुवा देखेका थिए । प्रहरीलाई खबर गरेपछि जनप्रतिनिधि सहितको टोली पुग्यो । प्रहरीले चितुवालाई लामागराबाट बाख्राजस्तै डोर्‍याएर हिँडाउँदै मिलन’चोकस्थित प्रहरी चौकी पुर्‍याए।

सदरमुकाम कुश्माबाट सहायक वन अधिकृत रविआनन्द गोपालीको टिम गाडी लिएर मिलनचोक पुगेपछि मात्र चितुवा’लाई गाडीमा हालिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वत’का प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार लामागराबाट हिँडाएर चितुवालाई ३ किलोमिटर परको मिलनचोक प्रहरी चौकी लगिएको थियो । सार्वजनिक भएको भिडि’यो त्यतीबेलाकै हो । भिडि’यो हेर्नुहोस…..

प्रतिकृया दिनुहोस्