Saturday, October 16

लुटेरा खोज्दै गरेको प्रहरीले जब प्रहरीनै लुटेरा भएको थाहा पाएपछि…

June 25, 2020 874

आफ्नो १० लाख रुपैयाँ लुटिएको भन्दै व्यवसायी विकास अग्रवाल नजिकै रहेको महानगरीय प्रहरी वृत्त जनसेवा पुगे। घटना’बारे मौखिक जानकारी गराए।

यस घटनाको जानकारी मौखिक रुपमै महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापासम्म पुग्यो। ‘मैले तत्कालै जनसेवामा रहेका महाशाखाका प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न लगाएँ’, नेपाल लाइभसँग उनले भने।

अनुसन्धानका क्रममा प्रहरी घ’टना भएको स्थान वरपरको सिसी टिभी फुटेज हेर्‍यो। व्यवसायीले दिएको हुलिया भएकै दुई व्यक्ति एक मोटरसाइकलमा चढेर फरार भएको सिसी टिभी फुटे’जमा देखियो। लुटेरा खोज्दै हिँडेको प्रहरी त्यस’पछि भने तीन छक भए।

सिसी टिभी फुटेजमा देखिएको मोटर’साइकल प्रहरीकै कल्याण महाशाखाबाट किस्ताबन्दीमा लिएको पाइयो। उक्त मोटरसाइकल २ नम्बर गणमा कार्यरत सिपाही विक्रम कुमार चन्दले किस्तामा निकाले’को पाइयो। त्यसपछि महाशाखा’ले बुधबार चन्द र उनकै बयानका आधारमा महानगरीय प्रहरी परिस काठमाडौंमा कार्यरत हवल्दार धिरेन बिष्टलाई प’क्राउ गरेको थियो।

क्यामेरा व्य’वसायी अग्रवालले एक फाइनान्सबाट बाबु’को अपरेसनका लागि १७ लाख रुपैयाँ निकालेको र सो थाहा पाएपछि १० लाख रुपैयाँ उनीहरुले लुटेर लगेको बताएको एसए’सपी थापाले बताए।

यद्यपी अग्रवाल हुण्डी कारोबारी समेत भएको उक्त रक’म हुण्डी गर्न लागिएको हुन’सक्ने प्रहरी स्रोतका अनुसारले जनाएको छ। हुण्डी गर्न लागिएकोमध्ये १० लाख नदिए पक्राउ गर्ने धम्की’ दिएपछि अग्रवालले पैसा दिइएको’ स्रोतको भनाइ छ।

पक्रा’उ परेका दुई जना’लाई महाशाखाले फाइलसहित महा’नगरीय प्रहरी परिसर काठ’माडौंमा पठाएपछि कारबाही प्रक्रिया अघि बढ्ने परिसरका प्रवक्ता राजकुमार केसी’ले जानकारी दिए। – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्