Sunday, February 28

नेपालमा कोरोनाले थप एकजनाको ज्यान गयो

June 25, 2020 643

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण’का कारण थप एकजनाको मृ’त्यु भएको पुष्टि भएको छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृ’त्यु भएको हाे । याेसँगै नेपालमा काेराेनाबाट मृ’त्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. अर्जुन आचर्यका अनुसार हिजाे (बुधबार) राति ११ : ३५ मा उनकाे मृ’त्यु भएकाे हाे । उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उप’चार भइरहेकाे थियाे ।

उनी यहि ८ गते अस्प’ताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएप’छि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उप’चार गर्दागर्दै कोरोना संक्रमितको मृ’त्यु भएका स्याङ्जाका यी पु’रुष दोस्रो व्यक्ति हुन् । – नेपाल लाईभ (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्