बृहस्पति तथा चन्द्रमाकाे दृष्टिबाट बन्ने गजकेसरी राज’याेग । कुन लग्नमा शक्तिशाली हुन्छ ।जन्म समयमा बृहस्पति तथा चन्द्रमाले एक आपसमा केन्द्रीय सम्बन्ध बनाएको अवस्थामा गजकसरी याेग निर्माण हुने गर्दछ ।
यस्तो प्रकारकाे याेग विशेष’गरी अत्यन्तै दुर्लभ तथा उत्तम याेगमा पर्दछ । संसारका सम्पूर्ण सुख सुविधा प्राप्त गर्ने सक्ने’ शक्ति उक्त याेगमा जन्मिएका मानिसमा हुने गर्दछ ।
स्वदेश तथा विदेशी भुमिमा सजिलोसँग आ’फ्नाे उच्च कार्यक्षमता प्रस्तुत गर्ने सक्ने खुबी भएकाले यस्ता याेगमा जन्मिएका मानिस सबैको नजरमा परिरहने हुन्छन् । यस्ता मानि’सले आफ्नाे लागि भन्दा पनि अरुकाे लागि गरिदिएकाे कार्य विशेष रुपमा सफल र फल’दायी हुने गरेकाे अनुसन्धानका क्रममा उक्त रहस्य पत्ता लागेकाे हाे।
गजकेसरी याेग’काे अर्थ भनेकाे हात्ती समान शुभ लक्षिणता रहने र कसैले थाहाँ नपाउने गरि कार्यमा सफलता मिल्ने र सदैब लक्ष्मीकाे कृपा भैरहने शास्त्रमा उल्लेख गरिएको छ ।गजकेसरी याे’गमा जन्मिएका जातकहरु शत्रुहन्ता,वाकपटु,राजर्सी सुख एवं हरेक गुणले युक्त दीर्घजीवी, कुशाग्रबुद्धि, जेजस्वाी तथा यशस्वी हुने उल्ले’ख गरिएको छ ।
ज्याेतिष पितामह महर्षि पाराशरले चन्द्रमाबाट केन्द्र’मा बुध तथा शुक्रग्रह बसेकाे अवस्थामा चन्द्रमा’काे दृष्टि भयाेभने पनि उक्त याेग निर्माण हुने उल्लेख गरेका छन् । उक्त याेग रा’शिमा भन्दा पनि लग्नमा शक्तिशाली हुने विभिन्न ग्रन्थमा बताइएको छ । यसका ला’गि चिना बनाएर देखाएका मात्रै थाहाँ हुने उल्लेख गरिएकाे छ ।
मेष लग्न
मेष लग्नमा जन्मिएका महिला तथा पुरुष हरुकाे जन्म कुण्डलीमा देब गुरु बृहस्पति नवमेश र द्वादशेश अर्थात खर्चकाे मालिककाे जिम्मेवारी प्राप्त गरेकाे हुन्छ । चन्द्रमा चतुर्थेश अर्थात् समस्त सुख सुबि’धाकाे मालिक भएर बसेका हुन्छन् ।
यस्तो अवस्थामा गुरु बृहस्पति र चन्द्रमा’को युतिलाई विशेष शुभ फलदायी रहने शा’स्त्रमा उल्लेख गरिएको छ । यस लग्नमा यी दुबै ग्रहको शुभ स्थिति चतुर्थ भावमा हुन्छ। द्वितीय र पाँचौ भावमा पनि गुरु बृहस्पति र चन्द्रमाको युतिलाई शुभकारी नै मानिन्छ। यस्ताे याेगमा जन्मिएका मानिसहरू भाग्यमानी र सर्वगुण सम्पन्न हुन्छन् ।
कर्कट लग्न
कर्कट लग्नमा पनि चन्द्रमा मुख्य ग्रहभएकाे अवस्था’मा सर्वश्रेष्ठ राजयाेग निर्माण हुने कुरा उल्लेख गरिएको छ । यस लग्नमा जन्मिएका मानिस हरुमा गुरु बृहस्पति षष्ठेश र नवमेश हुन्छन् अ’नि चन्द्रमा लग्नेश भएर मुख्य ग्रहकाे जिम्मे’वारी प्राप्त गरेकाे हुदा ।
यस्तो अवस्थामा यदि लग्नपति चन्द्रमा लग्नमा भएकाे अवस्थामा देबगुरु बृहस्पति मेष राशिमा छन् अथवा बृहस्पति कर्कट’मा र चन्द्रमा मेषमा छन् भने पनि उत्तम गजकेशरी’ योगको निर्माण हुन्छ, जसले जातकलाई यश।
कन्या लग्न
कन्या लग्नमा जन्मिएका मानिसह’रुकाे बुधग्रह मुख्य ग्रहकाे रुपमा भएर गुरु बृहस्पति सुखेश तथा सप्तमेश हुन्छन् अनि चन्द्र’मा राज्येश हुन्छ। यस्तो अवस्थामा यस लग्नमा देवगुरु बृहस्पति आफ्नो राशिमा बसेको अवस्थामा मात्र बृहस्प’ति केन्द्राधिपति दोष पनि नलाग्ने हुन्छ यस्ताे अवस्थामा गुरु बृहस्पति पूर्ण शक्तिशा’ली अवस्थामा रहेका हुन्छन् ।
यस्ताे अवस्थामा गुरु बृहस्पति आफ्नै राशि धनु तथा मीन राशिमा भएकाे अवस्थामा चन्द्रमाकाे साथ पाएमा यसबाट निर्माण हुने गजकेशरी योग प्रभावशाली र दुर्लभ धनदा’यक याेग हुन्छ जसले व्यक्ति’लाई गुणवान् बनाउँदछ र यस्ता व्यक्ति वैभवशाली तथा उच्च नेतृ’त्वमा पुगेर सेवामुखी काममा अग्रसर हुने उल्लेख गरि’एको छ
तुला लग्न
तुला लग्नमा मुख्य ग्रहका रुपमा शुक्रग्रह भएका’ले यस्ताे लाग्नमा जन्मिएका मानिस हरु’मा विशेषगरी देवगुरु बृहस्पति तृतीयेश र षष्ठेश हुन्छन् अनि चन्द्रमा दशमेश हुन्छ।
यस्तो अवस्थामा कर्कट राशिमा गुरु बृहस्पति’ बसेकाे अवस्थामा मकर राशिमा चन्द्रमा बसेका अवस्थामा पनि शुभ फलमा वृद्धि हुने उल्लेख गरिएकाे छ । यस लग्नमा गुरु बृहस्पति र चन्द्रमाको केन्द्रस्थ युति दृष्टि तथा सम्बन्ध भएमा ‘हंस योग’को सिर्जना हुनेहुँदा यस’बाट यसबाट अत्यन्त शुभ फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।
बृश्चिक लग्न
यस लग्नमा जन्मिएका मानिसहरुकाे मंगलग्रह मुख्य भएर रहने हुदा बुधग्रह तथा बृहस्पति पञ्चम भावमा भएकाे अवस्था’मा यदी चन्द्रमा लाभस्थानमा ब’सेर बुध तथा बृहस्पति ग्रहमाथी पूर्णरूपमा दृष्टि रहने हुन्छ यस्ताे अवस्थामा अन्य शुभ ग्रह’काे पनि साथ रहेमा अत्यन्तै शुभ याेग रहने शास्त्रमा उल्लेख गरिएको छ ।
मीन लग्न
मीन लग्नमा जन्मिएका मानिसहरुकाे मुख्यग्रह गुरु बृहस्प’ति हुनेभएकाले यस लग्नमा बृह’स्पति लग्नेश तथा दशमेश हुने हुदा कारक ग्रह चन्द्रमा पञ्चमेश हुनेहुदा । मीन राशि देवगुरु बृहस्पतिकाे आफ्नो घर भएकाले पनि यस लग्नमा गज’केशरी योगको सिर्जना हुँदा विशेष शक्तिशाली शुभ शुभकारी योग बन्ने शास्त्रमा उल्लेख गरिएको छ । ‘
शास्त्रमा यस्ता याेगलाई उच्च काेटिकाे याेगमा ग’णना गर्ने गरेका बताइएको छ । समस्त लग्नहरूमध्ये कर्कट कन्या, वृश्चिक र मीन लग्नमा निर्माण हुने गजकेशरी योगलाई सर्वश्रेष्ठ मानिन्छ।
अन्य लग्नह’रूमा गजकेशरी योग’को प्रभाव यी लग्नको तुलना केही कमजाेर रहने उल्लेख गरिएको । यी बाहेक अन्य ग्रहकाे येगमा पनि विशिष्ट धनदायक याेग बन्ने उल्लेख गरिएकाे छ ।
लेखक रिजाल ज्याेतिष तथा वास्तु’विद् हुन । केटिम दैनिकबाट साभार
प्रतिकृया दिनुहोस्