Tuesday, March 28

सलह किरा समातेर ल्याउने’लाई केजीको २० रुपैयाँ दिने प्रदेश सरकार’को घोषणा….

June 27, 2020 1337

प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउने’लाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनि’बार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने नि’र्णय गरेको हो ।

‘सलह किराले पुर्‍या’उन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजब’हादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्याल’यहरुले तत्काल नगद दिने छन् ।’

सलह किरा दिउँसोमा उड्छ भने साँझ’मा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्राल”यले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषा’दी पानीमा मिसा’एर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्राल’यले सुझाएको छ ।

३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरि’फोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालय’का सचिव सुवेदीले बताए । यो समाचार अनलाइन खबर बाट लिईएको हो ।।

कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्लामा सलहको हुल

कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यहाँको सैनामैना-६ बैकुण्ठपुरस’हितका क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्।

मकै पाक्न लागेको सिजनमा सलह भार’तबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेती’बारी पनि हरियो फिरिरहेका बेला सलह पसेपछि कृषकको चिन्ता चुलिएको छ।

शनिबार दिउँसो रूपन्दे:हीको बुटवल र सै:नामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकको पीर बढेको छ। बुटवल’को गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सल’ह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए।

ग्रामीण भेगमा पनि सलह देखिए’पछि कृषकहरु खेतबारीमै पसेर धपाउन जुटेका छन्। हजारौं लाखौंको संख्या’मा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरि’यो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ।

प्रदेश ५ को कृषि विकास निर्देशना’लय प्रमुख याम नारायण देवकोटाले किसान’हरूबाट सलह कीरा भेटिएको बताउँदै विषयमा अनुसन्धान भइरहे’को उल्लेख गरेका छन्। रुपन्देहीकै सुख्खा’नगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिब्बामा राखेर कृषि कार्या’लयमा खबर गरेका थिए।

प्रतिकृया दिनुहोस्