Friday, December 1

सलह बेचेर पैसा कमाए यी बालबालिकाले

June 28, 2020 2393

शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरका’रले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’नभन्दै आइतबार सलह बोकेर दुई बाल’बालिका बुटवल उपहानगर’पालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे ।

लक्ष्मीन’गरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झो’लामा हालेर ल्याएको सल’ह साढे ३ किलो रहेछ ।

बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजु’ली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरुले टिपेर ल्याएका रहेछन् ।’ पराजु’लीले अच्युत र सबिनाले ल्याएको सलह किनि’दिनु भनेर सिफा’रिस बनाएर उपमहानगरपा’लिकाको कार्यालयमा पठाए ।

वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानग’रका वरिष्ठ अधिकृत तथा आर्थिक वि’कास महाशाखा प्रमुख भुवाप्र’साद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीका’अनुसार जम्मा भएको सलह सय रुपैयाँ किलो’का दरले किन्छौं भन्दै केही व्यक्ति’ले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँ’सम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने । – अनलाईन खबर

प्रतिकृया दिनुहोस्