स्याङ्जामा पनि सलह किरा देखिएका छन् । आइतबार साँझ कालीगण्ड’की गाउँपालिकाका झण्डै ५÷६ ठाउँमा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र स्याङजाले जनाएको छ । यहाँ आए’का किरा हेर्दा सलह नै भएको केन्द्रका प्रमुख शालिक’राम अधिकारीले जानकारी दिए ।
‘आइतबार साँझ लाखौं’का संख्यामा आएका सलहलाई गाउँलेले ठूलो मुस्लो आउनेगरी आगो बालेर, टिन लगाय”तका विभिन्न बज्ने सामान बजाएर लखेटे।तर, सोमबार बिहान फेरी सलहको झुण्ड देखा परेको छ,’ कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने ।
छापडाँडा, तीउ’घा, बारीचौर, वागचारी, लिहाद, इन्सिललगायतका क्षेत्रमा लाखौंको संख्यामा सलह आइतबार साँझ देखिए । सोमबहार बिहान बिर्घाको तङलेहा भन्ने ठाउँमा केही झुण्ड आएको र अहिले ती किरालाई लखे’ट्ने काम भइरहेको कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले बताए।
सहल पाल्पाहुँदै स्याङ’जा प्रवेश गरेका हुन् । सलहले खेती नोक्सा’न पुर्याउने हुँदा पालिकाले सहल मा’र्नेलाई नगद दिने घोषणा गरेको छ । पालिकाले प्रति’किलोको एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।
भारतहुँदै पाल्पा आइपु’गेको सलह किरा स्याङजा’का दक्षिणी भाग गल्याङ, कालीगण्डकी र चापा’कोट लगायतका केही स्थानसम्म आइपुग्ने संभावना बढी रहेको केन्द्रका प्रमुख अधिका’रीले भने,’ धानका ब्याड र मकै बालीलाई विशेष निगरानी राख्न अनु’रोध गर्दै वशेष सतर्क’ता अपनाउन कृषि प्राविधिक’लाई सतर्क गराइएको छ।
प्रतिकृया दिनुहोस्