Friday, July 30

प्रहरीको अनुसन्धानबाट पत्ता लाग्यो सुष्मिताको ज्या’न लिनुको यस्तो रहस्य

June 29, 2020 1651

गत असार २ गते हेटौँडामा मृ’त भेटिएकी सुस्मिता क्षेत्री थापा ह’त्यामा संलग्न भएको आरोपमा प्रहरीले प’क्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकर’णमा प्रहरीले मृतक सुस्मिता’का ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

छ महिना अघि दुर्घ’टनामा मा-रिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घ’टनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको करणी प्र-यासको घटना बाहिरिने डर लगायतले उनको ह’त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सुस्मिताको माइतीले घट’नामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरी’लाई अनुरोध गरेका थिए । प्रहरीले १३ दिनको अनुसन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले घट’नावारे जानकारी दिनुभएको हो ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले ज्या-न लिएको गरेको प्रहरीले दावी गरेको छ । प’क्राउ परेकी सासू र घट’नाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भ’इरहेको प्रहरीले जनाएको छ । सुस्मिताको निधन राति १० वजेको समयमा भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट का-ठले सुस्मितालाई हा’नेको देखिएको पत्रकार सम्मेलनमा प्रह’रीले जनाएको छ । ससुराले का-ठले हा-नेपछि नन्दले पनि लौरोले हा’नेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाई छ ।

नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घ’टनामा सुस्मिताका पतिको नि’धन भएको थियो । सुस्मिताको पतिले करिब एक करोड रुपैयाको बिमा गरेको र सोही रकमका कारण उनको ज्या-न लिएको बताइएको थियो ।

सुस्मिताको ससुराले बुहारीलाई करणी समेत गरेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बुहारीले घ’टना बाहिर ल्याउने डर र बिमाको ठूलो रकमका कारण घट’ना भएको प्र’हरीले जनाएको छ । –  ताजा खबर

प्रतिकृया दिनुहोस्