मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- प्रतिस्प’र्धामा उत्रनुपरे पनि विभि’न्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफ’ल भइनेछ।
मेहनतले प्रति’स्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- तारिफयो’ग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा ‘नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले नयाँ काम’तर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसु’रको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइ’दाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। अध्ययनको गतिले उचा’इमा पुर्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रति’पक्षीहरू समेत सह’योगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बि’ग्रने भयले सताउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- द्विविधा बढ्ना’ले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरू’को वचन हार्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आ’यस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। प्रतिस्प’र्धामा भने सावधान रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउ’नेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमल’ले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। साँझतिर नयाँ’ कामको प्रस्ताव आउ’नेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टा’ढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यव’सायमा लगानी बढाउनुपर्ने स्थिति आउ’न सक्छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि फाइदा उठा’उन समय लाग्नेछ। तथापि मिहिनेत गर्दा बिस्तारै कर्म’फल प्राप्त हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। ला’भांश अरूका लागि खर्चनु’पर्ने अवस्था आउन सक्छ। तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- अवसर आए पनि तत्कालको फाइदा हेर्दा पछिलाई घा’टा हुनेछ। अ’रूका लागि उपयोग भइनेछ र परिस्थिति आफ्ना’ लागि केही प्रतिकूल रहनेछ। काम बिग्रने डरले सता’इरहनेछ। आफ्नाबाटै धोका हुन स’क्छ। साँझतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। विशेष अवसर प्राप्त हुनाले दिगो काम बन्नेछ। नयाँ जिम्मेवारी पनि बढ्न सक्छ। सामाजिक दायित्व हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदा’यित्व वहन गर्दै फाइदा हुने काम र जिम्मे’वारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रि’यता हासिल गर्न सकिनेछ। आफ्ना क’मजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभू’ति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलि’नुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरी’रमा कम’जोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकह’रूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न पनि सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवन’शैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकह’रूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।
प्रतिकृया दिनुहोस्