सत्ता’रूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्र’हार गर्ने युवक पूर्वमाओवादी कार्यक’र्ताका छोरा भएको खुलेको छ।
जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमो’हन अधिकारीको स्मृति सभा’लाई सम्बोधन गरि’रहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हा’नेका थिए।
उनले हानेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रण’मा लिए। अहिले उनलाई महान’गरीय प्रहरी वृत्त सिंहदरबा’रमा राखिएको छ।
रतनका बुवा तत्कालीन माओवा’दीमा लागेका कारण ज्यान गुमा’एका थिए। उनले नेपा’लगञ्जमा अमिन पढेका थिए।अचेल उनी काठमाडौंमा लोक सेवा आयो’गको त’यारी गरिरहेका थिए।
‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्ग’संघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मि’लेको छैन।
मलाई चित्त बुझे’न। अनि जुत्ता हाने’को हुँ,’ उनले प्रह’रीलाई दिएको बयानमा भनेका छन्। पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए। – पाथीभरा डेली
प्रतिकृया दिनुहोस्