करण जोहर बलिउडमा निकै परि’चित नाम हो । फिल्म निर्देशनबा’हेक उनी विभिन्न कार्यक्रम पनि संचालन गर्ने गर्छन् । यसैले उनलाई चर्चित बनायो । उनको हाउभा’उ पनि चर्चाको अर्को विषय हो । थुप्रैले उनको लैङ्गिकतामाथि नै प्रश्न गर्छन् ।
करण जोहरले हालै एक कार्यक्रममा आफ्नो जीव’नसँग जोडिएका विभिन्न महत्वपूर्ण खुला’सा गरेका छन् । उक्त कार्यक्रममा उनले पुरुष बन्नका लागि तीन वर्ष तालिम लि’एको खुलासा गरे ।
उनले भने, ‘बच्चाहरुले मेरो मजाक उडाउँथे । स’बैले भन्थे कि म केटीजस्तै हिँड्छु, त्यस”री नै रुन्छु । मैले पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ । बुवासँग झुटो बोलेर तालिम लिन जान्थें ।’आफ्नो आवाजका कारण नै मानिसहरुले जिस्का’उने गरेको उनले बताए ।
करण ले भने, ‘‘केटीजस्तै नहिँड, उनीहरु’ले जस्तो ननाच’ म यो सुनेर हुर्किएको हुँ । कतिपटक त मेरो आवाज केटीको जस्तो छ भनेर जिस्क्या’इन्थ्यो । मानिसहरुको यस्तो’ प्रतिक्रिया सुनेर म यति तनावमा भएँ कि १५ वर्षको उमेरमा उपचारका लागि म डाक्टरकोमा गएँ ।’
करणले भने, ‘मैले स्पिच थेरापिस्ट’कोमा गएर आफ्नो आ’वाज परिवर्तन गर्न चाहेको बताएँ । यसका लागि मैले तालिम लिएँ र तीन वर्षसम्म आवाज परिव’र्तनका लागि अभ्या’स गरेँ । यो समय मेरा लागि निकै खराब थियो । म तालिम लिन जाँदा बुवासँग झुट बोल्थें । ट्युशन जाँदै छु भन्थें किनभने म उहाँलाई बताउन सक्दि’नथें कि म पुरुष बन्ने क्रममा छु ।’
मेरो बुवाले मला’ई कहिले पनि गाली गर्नुहुँदैनथ्यो । मेरो घ’रमा त्यस्तो वातावरण नै थिएन । ८ वर्षको हुँदा मैले सरगम फिल्म हेरेको थिएँ । फिल्मको ‘डफली वाले डफली बजा’ बोल’को गीत मलाई निकै मनपर्दथ्यो । म घरमा यो गीतमा नाच्थें ।
म सधैं जया प्रदा’ले नाचेको भाग नाच्थें । सबैभन्दा राम्रो कुरा त के थियो भने मलाई य’स्तो गरेको देखेर बुवा’ले कहिले पनि गा’ली गर्नु भएन । ‘यस्तो नगर’ समेत भन्नु भएन ।
उनले थपे, ‘घरमा त कसैले’ पनि भन्दैनथे कि म गलत गरिरहेको छु तर जब घरबा’हिर निस्कन्थें छिमेकीका बच्चा र स्कू’लका सिनियर्सले मेरो मजाक उडाउँथे । स्कूलमा हाँसो’को पात्रो बनाउने भएकाले मैले खेलकुदमा भाग लिन बन्द गरें ।
जब म हिँड्थे, दौडन्थे, बच्चाह’रुले मेरो खिल्ली उडाउँथे । मेरो हात–खुट्टा अन्य केटा’हरुको जस्तो थिएन । म जतिबेला बोल्थें मानिसहरु मेरो आवाजमाथि हाँस्थे ।
य’ति हुँदा हुँदै पनि मेरो परिवारको मप्रतिको व्यवहार निकै प्रिय थियो । उहाँहरुलाई कहिले पनि ला’गेन कि म केही अचम्मको व्यवहार गरिरहेको छु ।’ – रातोपाटी
प्रतिकृया दिनुहोस्