धेरै मान्छे’हरु कर्म गर्ने तर फलको आ’श नगर्ने पक्षमा रहने गरेका छन् । तर सधैं कर्मका कारण मात्रै सफलता हात पर्छ भन्ने कुरा सधै सत्य हुँदैन । कहिलेकाँही भाग्य’को चमत्कार पनि देखिने गर्दछ ।
यस्तै एक घट’ना बाहिर आएको छ । तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । अहिलेसम्म’कै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका उनी एक रातमैँ करो’डपति बनेका हुन् ।
कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पा’रेका सानिनिउ लाइजर’ले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् । उक्त सफलता’पछि ति व्यक्तिले भने, ‘भोलि ठूलो भोज हुन्छ ।’ गहना बना’उन प्रयोग हुने तान्जाना’इट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ ।
यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञा’निकले यसको आपू’र्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् । यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ। यसको मूल्य रङ्गको दुर्लभ’ताको आधा’रमा निर्धारण गरिन्छ ।
तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुने अन्तराष्ट्रिय सञ्चारमाध्य’महरुले जानकारी गराएका छन् । राष्ट्रप’ति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिएका छन् । भर्खरै करो’डपति बनेका ५२ वर्षीय लाइजर खानी’मा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्दै आएका थिए ।
उनका चार’वटी श्रीमती र ३० सन्तान रहेको कुरा समा’चारमा उल्लेख गरिएको छ । उनले आफ्नो समुदा’यका लागि पनि लगानी गर्ने बताएका छन् ।- एजेन्सी
प्रतिकृया दिनुहोस्