कोरोना फैलन नदिन अधि’कांश मुलुकमा लकडाउ’नको नीति अवलम्बन गरिएको थियो । नेपाल, भारत लगायत केही मुलुकमा अहिले पनि लकडाउन छ । लकडा’उनका समयमा स्वास्थ्य सतर्कता अपनाउँदै आफ्ना दैनिकी जारी राख्न सरकारले आग्रह गरेको छ ।
विवाह, व्रतबन्ध लगायत सांस्कृतिक कार्य’क्रम गर्नका लागि पनि नियम बनाइएको छ । तर सरकारले भनेको नियम नमानेर मनोमानी गर्दा त्यसले ठूलो दुर्घटना निम्त्याउने दे’खिएको छ ।
हालै भारतमा भएको एउटा घटनाले त्यस्तै पुष्टि गरेको छ । भारतको विहारमा सरकारी नीति उल्लंघ’न गर्दै धेरै मानिस जम्मा भएर गरिएको विवाहका कारण ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण वेहुलाको पनि निध’न भएको छ । यो घटना भारतको वि’हार राज्यको पटनामा भएको हो ।
सिमीत ब्यक्तिको सहभागीतामा विवाह गर्नुपर्ने भए’पनि सयौं मानिसलाई निम्ता दिइएको थियो । सो एक बैवाहिक समारो’हमा सहभागी भएका मध्य ९५ जनामा कोरोना पुष्टि भयो । कोरोना भाइर’सको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि नि’धन भएको छ ।
भारतीय सञ्चा’रमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय ति युव’कको विवाह भएको हो । उनी विवाह’कै क्रममा पनि विरामी थिए । विरामी अवस्थामै विवाह गराइएका युवकको विवाह भएको दुई दिन पछि नै नि’धन भएको हो ।
कोरोनाको जस्तो लक्षण देखिएको भएपनि परिवारका सदस्यले वास्ता नगरी विवाह गराएका थिए । ति युवकको नि’धन भएपछि पनि परिवा’रका सदस्यले कोरोना परिक्षण गर्ने अधि’कारीलाई खबर नगरी शवको अन्त्यष्टि समेत गरिसकेका छन् ।
यो घट’नाको पुष्टि गर्दै पटना’का डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले वेहुलाको निधन भएपछि आफुहरुले त्यसवारे जानकारी पाएको बताएका छन् । बेहुला गुरुग्रामबाट आएका थिए र उनमा को’रोना भाइरस’सँग मिल्दो लक्षण देखिएको थियो ।
तर परिवारका सदस्यले उनको कोरोना परिक्षण नगरी विवाह गरिदिए । विवाह पछि उनको स्वास्थ्य अवस्था थप वि’ग्रिएर दुई दिन पछि निधन भएको हो । स्वास्थ्य अव’स्था नाजुक भएपछि पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा निधन भएको थियो । सरकारी अधिका’रीले वेहुलाको नि’धन भएको एक साता पछि मात्र त्यसवारेमा खबर पाएका थिए ।
त्यसपछि मात्र मृ’तका आफन्त र छिमेकीको कोरोना परीक्षण गर्दा ९५ जनामा कोरोना पुष्टि भएको हो । बेहुला र बेहुलीका बाबु दुवै शिक्षक हुन् भने बेहुली सिभिल इन्जिनियर रहेको समा’चारमा बताइएको छ । ताजा खबर
प्रतिकृया दिनुहोस्