Saturday, September 23

आफ्नै श्रीमतीका लागि पनि किमजोङले बनाएका छन् सुन्दै अचम्म लाग्ने यस्ता कडा नियम

July 1, 2020 3994

उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिच’यसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धि’त छ। किम जङ-अनका सन्तान’को संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन।

सन् २०१२ को गर्मीयामदे’खि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको केही समयपछि सरकारी सञ्चार’माध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बता’उन थाले तर त्यसअघिको पनि उनको जी’वन एउटा पहेली जस्तै छ। केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन्।तर केही सञ्चार’माध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्।

उत्तर कोरिया लिडरशीप वाच वेबसा’इटकी सहयोगी सिएर म्याडनले बीबीसी’सँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यस’अघि उनी एक गायिका र चीयर’लीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन्।” रि सोल-जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैन।

उनको उमेरबारे उत्तर कोरि’याली शास’कको तर्फबाट कुनै जानकारी उपलब्ध गराइ’एको छैन। तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ। सधैँ मुस्कुरा’इरहने र सार्वजनिक कार्यक्र’ममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबा’मासँग गरिन्छ।

म्याडनका अनुसार उत्तर कोरिया’मा रि सोल-जुको भूमिका मिशेल ओबामाभन्दा कम हुन सक्दैन। पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायत’का कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखिएकी थिइन्।

हालसालै कैयौँ मुलु’कले उत्तर कोरियालाई विला’शी सामानहरु निर्यात गर्न बन्द गरेका छन्। त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पादन थालेको बताइन्छ। किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्व’जनिक का’र्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन्।

उनका बुवाले आफ्नी श्रीमती’हरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थि’एनन्। म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ।” उत्तर कोरियाको सत्तारुढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्ता’नको संख्याबारे पनि वास्त’विक जान’कारी छैन। दक्षिण कोरियाली गुप्तचर निका’यका अनुसार रि सोल-जुले गत फेब्रुअरीमा तेस्रो बच्चा पा’एकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।

पछिल्लो वर्षको सा’त महिनाजति रि सोल-जु सार्वज’निक रुपमा नदेखिएपछि त्यतिबेला उनी गर्भ’वती भएको अनुमान गरिएको थियो। रि सोल-जुले पहिलो ब’च्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ ।

तर बाह्य संसारलाई बच्चा’हरुको लिङ्गबारे था’हा हुन नसकेकोले किम जङ-अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन। अनजानमा बास्केटबल खेलाडी डे’निस रोडम्यानले किम जङ-अन’का दोस्रो सन्तान छोरी भएको सार्वजनिक गरेका थिए।

गार्डियन पत्रिकालाई सन् २०१३ मा दि’एको अन्तर्वा’र्तामा उनले किम जङ-अन एक असल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए। बिदा मनाउने क्रम’मा किम जङ-अनकी छोरीलाई हातमा लिएर आफूले खे’लाएको रोडम्यानले बताएका थिए।

हालै किम जङ-अन’ले आफ्नी बहिनी किम यो-जङलाई नीति निर्माणको तहमा पुर्‍याउँदै थप अधिकार प्रदान गरेका थिए। सार्व’जनिक कार्यक्रममा प्रायः किम जङ-अनसँगै देखिने ३० वर्षीया किम यो-जङले दाइको सार्वजनिक छवि बना’उनमा भूमिका निर्वाह गरे’को ठानिन्छ।

उनले उत्तर कोरियामा कम्प्यु’टर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटी’बाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् । नेता उनसँग हुने कोरि’याली सैनिक’को हातमा बन्दु’क नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनि’कहरू सबैले उनले बोलेका कुरा डायरीमा अनि’वार्य रूपमा टिप्नुपर्छ ।

किम जोङ उनले स्वीटजरल्याण्ड’को जर्मन स्कुलमा अध्ययन गरेका हुन् । सन् १९९६ बाट २००० सम्म किमको पढाइ यूरोपमा भएको थियो । सुरूवा’तबाटै उनी आफ्नी आमाकी बहिनी’का साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिव’र्तन गरिन् ।

द वाशिंगटन पोस्टसँग’को अन्तरवार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्, “किम समस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र सहनशील थिएन ।’’ किमसँगै पढ्ने’हरुले उनलाई दूतावास’मा काम गर्ने कुनै कर्मचारी’को छोरा भएको अड्क’ल गरेका थिए ।

किम विश्वमै शक्तिशाली आ’णविक क्ष’मता भएका शासक हुन् । उनले अमेरिका’लाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुन’हरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमती’का लागि पनि निकै कडा नियमहरु बनाए’का छन् ।

यस्ता छन् नियम हरु :

– नेपाल, भारत लगायत विश्वका केही देशह’रुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपना’उने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाह’पछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उन’की पत्नीको जन्म’नाम छोडेर रि सोल जू नाम राखियो ।

– उत्तर कोरि’यामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमा’समा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।

– रि सोल जूलाई उच्च सैनिक सुरक्षा’को बीच राखिएको छ । उनको हरेक गतिविधि’माथि निग’रानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।

– प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शो’कस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।

– रि सोल जू आफ्नो इच्छा अनु’सार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ कि’म जोङसँग देखिन्छ ।

– रि सोल जू तीन बच्चा’की आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूला’ई आफ्नो गर्भावस्था’को बारेमा जानकारी गराउँने अनु’मति छैन ।

– किमकी श्रीमती’लाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समा’चार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।

– उत्तर कोरिया’का शासक वर्गमा विवा’हको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासत’लाई अगाडि बढाउन छोरा जन्मा’उनै पर्ने दबाब पनि हुन्छ ।

– फस्र्ट लेडी भए’काले जूलाई सधैँ फर्मल स्टाइ’लमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउ’नुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।

यस्तो थियो उनको बाल्यकाल

सन् १९९२ काे कुरा हाे। प्याेङ्याङ’स्थित एउटा विलासी निवा’समा एक आठ वर्षीय बालकको जन्मोत्स’वमा विशेष भोज आयाेजना गरिएकाे थियाे। उनले पाएका उपहार’मध्ये एउटा विशेष थियाे। त्याे जनरलकाे पाेसाक थियाे। सक्कली नै। सानाे आकार’को भए पनि काेरि’याली जनसेनाका जनरलले लगाउने औप’चारिक पोसाक।

उक्त भोजमा वरिष्ठ जन’रलहरू पनि उपस्थित थिए। उनीहरूले ती बालकलाई अभिवा’दन गरे। उनी किम जङ‍-अन थिए। ती बाल’क कसरी ‘जनरल किम’ बने भन्ने वृत्तान्त सन् २०१६ द वाशिङ्टन पाेस्टमा प्रकाशित किमकी सानी’माकाे अन्तर्वा’र्तामा उल्लिखित छ।

झन्डै दुई दशकअघि गो यङ-सुक र उनका श्रीमान् पाश्चात्य देशकाे शरणमा पुगेका थिए। उनीहरू अहिले न्यू याेर्क’बाहिर कतै गुप्तवासमा छन्। उक्त जन्मोत्सवदेखि नै किम जङ-अनलाई किम जङ-इलकाे उत्तराधि’कारीका रूपमा छानिएको आफू’लाई लागे’को उनले अन्तर्वार्तामा बताएकी छन्।

“सबैबाट त्यस्तो व्यवहार पाएका हुना’ले उनलाई सा’मान्य मानिसजसरी हुर्कन असम्भव थियाे,” गोले बताइन्। किम जङ-अनले पछि सत्ता सम्हाल्ने पूर्वानु’मान सबैभन्दा पहिले केन्जी फुजिमाेताे भनेर चिनिने एक जना जापानी सुशी शेफले गरेका हुन्।

सन् १९९० काे दशकमा फुजिमाेतो किमका विश्वास’पात्रहरूको समूहमा सदस्यजस्तै बन्न पुगेका थिए। उनी किम जङ-इलका लागि जापानी परिकार बनाउँथे। फुजि’मोतोका अनुसार बालक किम जङ-अन उनीसँग खेल्ने गर्थे। सन् २००१ मा फुजि’माेताे स्वदेश फर्किए र एउटा पुस्तक लेखे। त्यसमा उनले किम जङ-अन र उ’नका दाजु किम जङ-चलसँगकाे आफ्नो पहि’लाे भेटबारे वर्णन गरेका छन्।

”पहिलाेचो’टि मैले यी दुई तन्नेरी राजकुमारह’रूलाई भेट्दा उनीहरू दुवै जना सैन्य पाेसाक’मा थिए। उनीहरूले पालैपालाे सबै कर्मचारीसँग हात मिलाए। मसँग हात मिलाउने पालाे आउँदा राजकु’मार किम जङ-अनले मलाई एकटकले हेरे।

त्याे ‘तिमीजस्ता जापानी’लाई हामी घृणा गर्छौँ’ भन्न खाेजिएजस्ताे थियाे। सातवर्षे बालककाे त्याे बिझाउने हेराइ म कहिल्यै बिर्सिन्नँ।” सन् २००३ मा प्रकाशित अाफ्नाे दाेस्राे पुस्तकमा फुजि’माेताेले लेखेका छन्:

“किम जङ-चल’लाई सबैभन्दा सम्भावित उत्तराधि’कारीका रूपमा हेरिन्छ। तर त्यसबारे मलाई शङ्का लाग्छ। किम जङ-इल भन्ने गर्थे, ‘जङ-चल उपयुक्त छैनन्, उनी केटीजस्ता छन्।’ कान्छा छाेरा अर्थात् दाेस्रा राजकुमार उनका लागि प्रिय छन्।

जङ-अन धेरै किसि’मले बुवाजस्तै छन्। उनको शारीरिक संरचना पनि बुवाको जस्तै छ। तर उनका बारेमा बाहिर धेरै कुरा बता’इएकाे छैन।” त्याे एउटा महत्त्वपूर्ण भविष्य’वाणी थियाे।

त्यति बेला’सम्म बाहिरी संसारलाई त परै जा‌ओस् किम’का बारेमा उत्तर काेरि’याली जनतालाई नै थाहा थिएन। उन’काे अधिकांश बा’ल्यकाल अझै रह’स्यमै थियो। – ताजा खबर

प्रतिकृया दिनुहोस्