Sunday, September 26

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्…

July 1, 2020 1676

बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालय’का अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन्। नेपालमा हाल:सम्म एक हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष गरी १४ हजार ४६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना परी’क्षण गरिएको छ ।
यस्तै हालसम्म २ लाख ३३ हजार २२७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञा’न प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६ जना महिला र एकजना पुरुष, सिराहाका एकजना महिला र एकज:ना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटन’गरमा गरिएको परीक्ष’णमा इलामका २ जना महिला, झापाका २ जना महिला र ४ जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा झापाका २ महिला र ५ जना पुरुष, मोरङका एकजना पुरुष र ताप्लेजुङका एक’जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ पुरुष र महोत्त’रीका ३ महिला र ३३ जना पुरुष, नारायणी अस्पताल विरगंजमा गरिएको परीक्षणमा पर्साका एकजना महिलामा पनि कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वा”स्थ्य प्रयोगशा’ला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना महिला र ४९ जना पुरुष, बझाङका ४ जना महिला र १४ जना पुरुष, बाजुराका २ महिला र ५ जना पुरुष, गो’रखाका २ जना पुरुष, कैलालीका ४ जना महिला र१० जना पुरुष, कंचनपुरका एक जना पुरुष र पर्वतका एक’जना पुरुषमा को’रोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिल’क तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका एकज’ना महिलामा कोरोना पुष्टी भएको छ ।

त्यस्तै चितवनका २ महिला र १० जना पुरुष, झापाका एकजना महिला र नवलपरासी पुर्वका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अ’नुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षण’मा बाराका एकजना, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना पुष्टी भएको छ ।

त्यस्तै पाटन अ’स्पताल ललितपुरमा भक्तपुरका एक महिला, काठमाडौंका ३ महिला र एकजना पुरुष, मोरङका एकजना महिला र ललि’तपुरका ३ जना म’हिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पता’लमा गरिएको परीक्षणमा डोटीका ५ महिला र २ पुरुष, अछामका १५ जना महिला र ५१ जना पुरुष र बाजुराका ६ जना महिला र १२ जना पुरुष, डोटीका २ म’हिला र ९ पुरुष, कैलालीका २ महिला र ८ पुरुष, कंचन’पुरका २ महिला र ७ जना पुरुषमा पनि कोरोना संक्र’मण पुष्टि भएको छ ।

प्रादेशि’क जनस्वास्थ्य प्रयोगशा’ला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ महिला र एकजना पुरुष, स्याङ्जाका २ महिला र ६ जना पुरुष र तनहुँका एकज’ना महिलामा पनि कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा गरि’एको परीक्षणमा कास्कीका ३ महिला र लमजुङका १० जना पुरुष, यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण’मा अर्घाखाँचीका एक पुरुष र गुल्मीका एक महिला र ७ जना पुरुष, नवलपरा’सीका एक महिला र पाल्पाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पता’ल नेपलागञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जना महिला र ४ जना पुरुष, बर्दियाका २ महिला र ९ पुरुष, दैलखका २ जना पुरुष, कालिकोटका २ जना पुरुष, सल्या’नका ३ जना महिला र १२ जना पुरुष, सुर्खे’तका ४ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनु’सार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा गरिएको परीक्षणमा दाङका २ महिला, कर्णा’ली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बाजुराका ४ महिला र १४ पुरुष, जुम्लाका एकजना पुरु’षमा पनि कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै सेती प्रादे’शिक अस्पतालको प्रयोग:शालामा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, वैतडीका एकजना पुरुष र कैलालीका एक महिला र २ जना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ । – खबर हब (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्