प्रधानमन्त्री केपी शर्मा ओली’लाई प्रधानमन्त्रीबाट हटाउ’न नहुने भन्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘जय महाकाल’ लेखिएको टि-सर्ट लगाएका युवाह’रूले ओलीलाई नै प्रधान’मन्त्रीमा टिकाइराख्न दबाव दिनुपर्ने बताए।
प्रदर्शनको नेतृत्व गरेका जय महा’काल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने बताए।
‘केपी ओलीलाई अहिले निकाल्ने भरै निकाल्ने?’ उनले भने, ‘हामी सबै युवा मिलेर उहाँलाई प्रधान’मन्त्रीमा टिकाऔं। कुनै कमजोरी होला त्यसलाई यु’वाले सुधारेर जानुपर्यो बा। कमजोरी सु’धारेर जानुपर्यो बा भनेर युवाहरू जानुपर्यो।’
स्वतन्त्र रूपमा भे’ला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा बोलेका थिए। कोरोना महामारीमा देश लडिरहेका बेला सरकारविरूद्ध आन्दोलन गर्न नहुने उनीहरूको भनाइ छ।
‘अहिले सरकार’विरूद्ध मानिसहरू लागिर’हेका छन्। केपी ओलीको पक्षमा साथीहरू उत्रिनुभएको छ,’ कार्यक्रममा एक युवाले भने, ‘ओलीलाई नै प्रधानमन्त्रीमा टिका’औं। नराम्रो केही गर्नुभ:एको भए उहाँलाई सच्चिन दिऔं।’
ओलीको सरका’र ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने ती युवाले बताए। युवाह’रूले सरकार ढाल्न पाइँदैन, हाम्रो समर्थन ओलीलाई जस्ता नारा लगाउँदै प्रदर्शन पनि गरे।
उनीहरूले नेपाल’को नक्सा, झन्डा र केपी ओ’लीको फोटो समावेश भएको ब्यानरमा देशको मुहार हाम्रो भविष्य, हाम्रो सरकार लेखेर प्रदर्शन गरेका हुन् । – सेतोपाटि
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्