Sunday, January 17

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुल्यो, कसले पाउने कसले नपाउने? (हेर्नुहोस्)

July 2, 2020 1582

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुलेको छ । कोरोना महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृ’ति खुलेको हो ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले पुन बैदेशिक रोगारमा जाने’हरुका लागि पुन श्रम स्वीकृति खुलेको जानकारी बताउनुभयो । आजै बाट श्रम स्वीकृ’ति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको बताउनुभयो ।

वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गरिने बताउनुभयो । तत्काल’को लागि भने नयाँ श्रम स्वीकृति नपाइने भनाई छ ।

कोरोना भाइरसको महा’मारीका कारण विगत तीन महिना’देखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र श्रम, रोजगार तथा सा’माजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेसँगै श्रम स्वीकृति दिनका ला’गि बाटो खुलेको हो ।

श्रम स्वीकृति यो दिनदेखि दिने भन्ने कुनै निर्णय भएको छैन । यो निर्णय गर्ने अधिकार सीसीएमसीले श्रम मन्त्रालय’लाई दिएको छ । सरकारले कोरोना महा मा रीका कारण विगत तीन महिना’देखि रोकिएको वैदेशिक रोजगारी जानेको श्रम स्वीकृति मन्त्राल’यले मापदण्ड बनाएर खुला गर्न सक्ने निर्णय गरेको छ ।

सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिक’लाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने जनाएको छ ।

श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गनाले सीसीए’मसीको अख्तियारीको, श्रम मन्त्रालयको सिफा’रिसका आधारमा बिदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको तर मन्त्रालयले यसबारेमा निर्णय गरिन’सकेको बताउनुभयो ।

उहाँले अहिलेको परिस्थितिमा मन्त्रालयले श्रम स्वीकृतिबारे मापदण्ड बनाउनुपर्छ, मापदण्डको तयारीका लागि छल’फलकै चरणमा छौँ, एक÷दुई दिन लाग्न पनि सक्छ भन्नुभयो । यो निर्णय कर्मचारीको तहभन्दा पनि मन्त्रीस्तर’बाट हुनुपर्ने भए’काले मन्त्रीस्तरीय छलफल गरेर मात्रै मापदण्डको विषय टुङ्गो लाग्ने सहसचिव ढुङ्गनाको भनाइ छ ।

उहाँले नयाँ श्रम स्वीकृतिका विषयमा तत्काल निर्णय लिन सहज छैन, अहिलेको अवस्थामा विदे’शमा हाम्रा श्रमिकको माग हुनुप¥यो, जहाज पनि हुनुप¥यो, यसमा विविध विषय जोडिने हु’नाले गहन छलफल आवश्यक भएको हो भन्नुभयो ।

जापानलगायत खाडी देशका केही श्रमिक भिसा भएर पनि श्रम स्वीकृति नपाएका अवस्था आएपछि श्रम स्वी’कृति दिनेतर्फ सोच बनाइएको सहसचिव ढुङ्गानाले बताउनुभयो ।

नयाँ श्रमिक पठाउनका लागि सम्बन्धित देशसँग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने विषयमा अवस्था बुझ्न परराष्ट्र मन्त्रालय’मार्फत विदेशमा रहेका नियोगलाई परिचालित गरिएको बताउनुभयो ।

श्रम स्वीकृति दिने विषयमा हाम्रो तह’बाट गर्ने काम गरिरसकेका छौँ, माथिल्लो स्तरबाट गर्नुपर्ने राजनी’तिक निर्णय हुनुपर्ने भएकाले यही दिन खुल्छ भन्न सक्ने अवस्थामा आफू नहरेको उहाँले बताउ’नुभयो ।

वैदेशिक रोजगार विभा’गका महानिर्देशक कुमार’प्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृति दिन सुरु गर्ने बताउनुभयो ।

उपप्रधान’मन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल’को नेतृत्वमा रहेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदे’शिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो ।

उक्त निर्देशनपश्चात् विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर बिदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

यता नेपाल वैदे’शिक रोजगार व्यवसा’यी सङ्घ’ले भने दुई लाखको हारहारीमा मागपत्र रहेको र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था छ तर कोरोना पहिलाका रोजगा’रदाता कम्पनीबाट आएका माग भएकाले कोरो’नापश्चात्को अवस्था भने सङ्घ’लाई जानकारी छैन । कैयौँ कम्पनी त बन्द हुने अवस्था पनि पुगेका छन् ।

सरकारले असार २१ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । जसका कार’ण नियमित उडा’न भने हुने छैनन् तर तत्काल’का चार्टर्ड गरी विदेशबाट श्रमिक ल्याइएका जहाज फर्कने बेलामा श्रमिक जान सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्