नेपालमा विहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्
स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा गौतमका अनुसार विहीबार थप १०९ जना महिला र ३६४ जना पुरुष गरी जम्मा ४७३ जना’मा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भए’को छ ।
डा गौतमका अनुसार कोशी अस्पताल विराटनग&रमा गरिएको परीक्षणमा सुनसरीका ३ जना पुरुष र मोरङका ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनक’पुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र २६ जना पुरुष, महोत्तरीका एक महि’ला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वा’स्थ्य प्रयोगशाला काठमाडौंमा गरिए’को परीक्षणमा अछामका ५ महिला र २६ जना पुरुष, बझाङका ११ जना महिला र २४ जना पुरुष, डोटीका १० महिला र ४८ जना पुरुष, कैलालीका ४० जना महिला र १ सय २५ पुरुष, कंचनपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका एकज&ना पुरुषमा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिल’क तथा सरुवा रोग अस्पता’ल टेकुमा गरिएको परीक्षणमा ललितपुरका एकजना पुरुष, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्ष’णमा चितव’नका एक महिला र एकजना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिए’को परीक्षणमा बर्दियाका एकजना महिलामा कोरोना भाइरस पुष्टी भएको छ ।
त्यस्तै २ जना पुरुष, दाङका २ जना पुरुष, धादिङका एकजना महिला, दोलखाका एक जना महिला र एकज’ना पुरुष, गोरखाका एकजना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष, काभ्रेका एक पुरुष र ललित’पुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मक’वनपुरका एकजना महिला,पाल्पा’का एकजना महिला, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सिन्धुलीका एकजना पुरुष, उदयपुरका एकजना महिला,नवलपरासीका एकजना पुरुष, सिन्धुपाल्चो’कका एकजना पुरुष, अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै टेकु अस्पतालको प्रयोग’शालामा नुवाकोटका एक’जना पुरुष, रसुवाका एकजना महिला रसिन्धुपाल्चोकका एक महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जन’स्वास्थ्य प्रयोगशा’ला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका ३ जना पुरुष र स्याङ्जाका २ जना पुरुषमा पनि को’रोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा गरिएको परीक्ष’णमा कास्कीका एकजना पुरुष, लमजुङका एकजना महिला र १५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा गरिएको परीक्षणमा दाङका २ जना पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ जना पुरुष, कर्णा’ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।
नेपालमा २ वटा प्रयोगशाला थप भइ हाल २५ वटा प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरि’एको डा गौतमले बताए । – खबर हब (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्