अभिनेता भुवन के’सीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरो’पहरु लगाएको विष’यमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।
उनले आफ्नो चरित्र हत्या हुने किसिम’का कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् ।
केसीले निवेदन’मार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यति’खेर काम गर्ने चलचित्रकर्मी’लाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।
तर, साम्राज्ञीले भने भिडियोमार्फत एक निर्माताले ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाएकी छिन् । साम्रा’ज्ञीले भुवनको नाम भने उक्त भिडियो’मा उल्लेख गरेकी छैनिन् ।
भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जा’लमा राखी युट्युब लगायत विभिन्न सञ्चा’रमाध्यममा आफ्नो चरित्र हत्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्र’लाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।
साथै उनले केही घण्टा’पहिले सामाजिक सञ्जाल फेस’बूकमा एक नोट लेख्दै साम्राज्ञीलाई पुनः झुठा लाञ्छना लगाएमा साइबर क्राइ’मअन्तर्गत उजुरी दिने बताएका थिए ।
केही दिनदेखि नायिका साम्राज्ञी र अभि’नेता भुवन केसीको सामाजिक सञ्जालमार्फत दोहोरी परेको छ । साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘दुर्व्यवहार’ मा परेको बताएकी थिइन् । जवाफमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दूलो पार्ने’ भन्दै अभिव्यक्ति दिएका थिए । – खबर हब
प्रतिकृया दिनुहोस्