मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवस’रका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेका समस्या दोहोरिनाले अल’मल बढ्नेछ। ठूलो भाग’को आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मे’वारी वहन गर्नुपर्ला। समस्यामा साथ दिनेहरू कमै भेटिनेछन्। यात्रा खर्चिलो हुनेछ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि क’सिने सम्भावना छ। विभिन्न सहयोग र उपहार’समेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै’ भेटिनेछन्। परिवारज’नको साथले नयाँ आशा जगाउनेछ। वादवि’वादबाट जोगिने प्रयत्न गर्नुहोला।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)- स्वास्थ्य सबल बन्नुका साथै काम’मा उत्साह जाग्नेछ। पुरुषार्थ देखा’एरै समाजमा स्थापित बन्न सकि’नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समय’मा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगा’उन सफल भइनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफ’योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयो’गले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहि’नेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्ति’को प्रभाव बढ्नेछ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- परिस्थति प्रतिकूल देखिए पनि जो’गिएर काम गर्नुपर्ने समय छ। साथीभा’इले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझे’दारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वज’निक नगर्नुहोला।
कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्र’यत्न गर्दा विश्वास नलागे’को काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापार’मा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते)- आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउ’नुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भाव’ना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मेहनत गरीकन चि’ताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउनेछन्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थि’ति आउन सक्छ। तापनि, लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)-केही विवादास्पद भूमिका निर्वाह गर्नुपर्ला। तापनि प्रयत्न गर्दा सामान्य काम सम्पादन हुनेछ। अध्ययनको लगा’वले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुने समय छ। पहिले’को सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसि’नेछ। प्रयत्न गर्दा परम्परालाई समयसा’पेक्ष सुधार गर्न सफल भइनेछ।
धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। आवश्यक’ पर्दा सरसाप’ट वा कर्जामार्फत धन जुटाउन सकिने’छ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी’ बढाउने अवसर भने प्राप्त हुनेछ।
मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा’ले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्ने’छन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द)- सानातिना काममै अलमलिनाले ठूलो उपल’ब्धि नहुन सक्छ। लोका’चारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नु’पर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशील’ताले आँटेको काम बन्नेछ। व्यापा’रमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।
मीन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामाजिक का’ममा रुचि बढ्नेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकि’एको कामले पनि निका’स पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मे’वारीसमेत प्राप्त गर्न सकिनेछ।
प्रतिकृया दिनुहोस्