Sunday, January 17

यस्तो परिवार : जसमा बाबु-छोरा पाइलट, आमा एयरहोस्टेज! बाबुआमा, छोराको यस्तो थियो पहिलो उडान !

July 4, 2020 1246

कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरला’इन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।

तस्बिरमा भएकामध्ये कति’पय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभा’वक चाहन्थे उनी डक्टर बनुन् ।

अभिभावकको इच्छा विपरित पाइल’टका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्याने’जरका रूपमा निगमको नेतृत्व तहको जिम्मे’वारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन ।

बाबु-आमा-छोराको त्यो उडान

सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहा’जका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ ।

जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपु’को परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा ‘जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो ।

दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।

मुस्ताङ सदरमुकाम जोम’सोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसए’लसी गरेपछि यमप्र’साद पाइलट तालिमका लागि अमेरिका गए ।

बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडक’मार्गले जोडिए पनि त्यतिबेला पोख&राबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नु’पथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई ।

आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् । अर्थात यामप्रसाद निग’ममा पाइलट भए, सुमिली एयर होस्टेस भइन् ।

कहिले यामप्रसादले उडाएको जहाजमा सुमिली एयर होस्टेस हुन्थिन्, कहिले सुमिलीको ड्युटी परेको जहाज उडाउने पालो यामप्रसादको पर्थ्याे । मन न हो, एउटै संस्था (निगम) र उडा’नमा हुने लगातारको भेटले दुवैबीच प्रेम अङ्कुरायो । उनीहरू विवाह बन्धनमा बाँधिए ।

याम’प्रसाद पाइलट हुँदा दीपु पोखरास्थित गण्डकी उच्च माध्यमिक विद्यालयमा पढ्थे । आमाबाबु दुबैको व्यस्त’ताका कारण उनलाई होस्टेल राखिएको थियो । स्कुले जीवनमा भए पनि रेडियो र टेलिभिजनमा उनको मोह धेरै नै थियो ।

कहिलेकाहीँ विमान दुर्घट’नाका समाचार आउँथे र दीपु डराउँथे । आफ्ना बाबु–आमा त्यो जहाजमा रहेनछन् भन्ने जान’कारी पाएपछि उनी ढुक्क बन्थे।

बाहिरबाट हेर्नेलाई लाग्ला, बाबु–आमा दुवै उड्ययन क्षेत्रमा भएपछि बालबच्चा बेलाबेला घुम्न पाइरहन्छन् । तर यामप्रसाद र सुमिली यति व्यस्त थिए कि, दीपुले परिवारसँग खासै घुम्न पाएनन् ।

यद्यपी, गर्मी र दशैँको विदामा भने उनी घुम्न जान्थे । काठमाडौँ–पोखराको उडान परेको र बिदा पनि भएका बेला याम’प्रसाद दीपुलाई काठमाडौँ लिएर आउँथे । गर्मीको बिदाभरि दीपु काठमाडौँमा रहन्थे । अनि, दशैँ बिदाका बेला बुबा’ले गर्ने पोखरा–जोमसोम उडानमार्फत् मार्फा फर्कन्थे ।

कहिलेकाहीँ आमा सुमिली पनि ‘क्याबिन क्रु’ का रुपमा त्यही उडानमा हुन्थिन् । त्यही उडानमा ‘क्रु मेम्बर’ का रुपमा रहेका याम’प्रसाद र सुमिलीका साथी’हरुले दीपुलाई काखमा राख्थे । आमासँगै काम गरेका निगमका पुराना कर्मचारी भेट हुँदा बाल्यका’लको ती यात्रा सम्झाइरहन्छन् ।

पढाईमा अब्बल भएर होला, बा–आमा उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसबेला आर्थिक स्तर राम्रो भएकाहरू मात्र पाइलट पढ्छन् भन्ने सोच हावी थियो । पढेलेखेका व्यक्तिको छनोटमा पाइलट तालिम खासै पर्दैनथ्यो ।

उनी चाहिँ पाइलट नै बन्नुप’र्छ भन्ने इच्छा पालेर बसेका थिए । त्यो पनि बाबुजस्तै अमेरिकामै तालिम लिएर पाइलट बन्छु भन्ने निश्चय उनले गरिस’केका थिए । जब उनले सन् २००५ को जुला’ईमा प्लस टु को पढाइ सके, त्यसपछि उनी पाइलट कोर्स पुरा गर्न अमेरिका जाने योजना बनाउन थाले ।

छोराको इच्छा विपरित एमबिबिएस पढाउन आमाबाले पनि कर गरेनन् । एक्लो सन्तान उनको मन राख्दिनैप-यो ।

तर, त्यही बेला ओसामा विन लादेन नेतृत्वको ‘अलकायदा’ ले ११ सेप्टेम्बर ९२००१० मा अमेरिकाको आर्थि’क राजधानीको रुपमा चिनिएको न्यूयोर्कका ट्वीनटावरमा दुई जहाज ठोक्काएर आक्रम’ण ग¥यो । जसले गर्दा अमेरिकाले भिसा प्रक्रियामा कडाइ ग¥यो ।

हतपति कसैको भिसा नलाग्ने सम’यमा पनि दीपुले आस मारेनन् । कसैगरी अमेरि’का पुगिएन भने बा–आमाको इच्छा अनु’सार मेडिकल साइन्स नै पढ्ने उनको इच्छा थियो ।

बिहानको समय उनी मेडिकल साइन्स’का लागि ‘इन्ट्रान्स’ तयारी कक्षा लिन्थे भने दिउँसो सोह्र’खुट्टेस्थित एउटा बालबच्चा हेरचार गर्ने गैरसरकारी संस्थामा काम गर्थे ।

उनको जिम्मेवारी थियो, संस्थामा रहेका बालबच्चाला&ई लुगा लगाइदिने, खाना खुवाइदिने, खेल खेलाउने । बच्चाहरुसँग त्यहीँ खाना खाएर उनी साँझ मात्र घर फर्कन्थे । त्यहाँ ९ महिना बिताए उनले ।

‘प्लस टु’ सिध्याएर ‘ट्रान्स्क्रिप्ट’ आए’को पनि पाँच महिना बितिसकेको थियो । सन् २००५ को अन्त्यसम्म पुग्दा अमेरिकी भिसा प्राप्त गर्न केही खुकुलो भयो । तर, पाइहाल्ने पक्का भने थिए’न । त्यसैले, ‘ब्याक अप’ का रूपमा थियो मेडि’कल तयारी ।

तर, अन्त्यमा उनले ‘रिस्क’ लिन चाहे । मेडिकल:का किताब थन्काए र अमेरिकाको लागि भिसा प्रोसेस सुरु गरे । सौभाग्य, भिसा लाग्यो । उनी अमेरिका पुगे र १४ महिने तालिम सफलतापूर्वक सम्पन्न गरी फर्किए ।

नेपालमा त्यसबेला पाइल’टको अभाव थियो । उड्डयनको बजारमा उनीलगायतका युवा पाइल’टहरू ‘हट केक’ जस्तै थिए । निगमले पाइलटका लागि आवेदन माग्यो, उनले परीक्षा दिए । ८र९ महिनामा नतिजा, आन्त’रिक तालिम लगायतका सबै प्रक्रिया पुरा गरी निगमको पाइलट नियुक्त भए, सन् २००६ को अक्टोब’रमा । र, सन् २००७ मा को—पाइलटको लाइसेन्स पनि पाए ।

सानोमा बुबाको काम देखे’र नै यो पेशाप्रति आफू आशक्त भएको ठान्छन् उनी । र, उनको यो निर्णय विशेष किन पनि भयो भने, निगममा नियुक्तिपछि उनले जीवनको पहिलो फ्लाइट बुबा यामप्रसादसँगै गर्न पाए ।

सन् २००७ को अक्टोबरको महिना थियो त्यो । उनले डिएचसी ६ र३०० कल साइन भएको जहाजमा थप ‘क्रु’ सदस्य भएर पहिलो पटक बुबासँग उडान भर्ने मौका पाए’का थिए, त्यो पनि आ’फ्नै बाल्यकाल बितेको स्थान पोखरामा ।

बुबासँगको त्यो पहि’लो उडानपछि प्लेन पोखरा विमानस्थलमा अवतरण ग¥यो । त्यहाँ आफन्तसँगको आत्मीय भेटघाट उ’नको मष्तिष्कमा अझै ताजै छ ।

त्यसपछि १५ जुन २०१८ ९१ असार २०७५० मा बुबा क्याप्टेन र आफू को पाइलट भएर उडान भर्ने मौका पाए । पछि को—पाइलटका रुपमा आमा–बुबासँगै एउटै जहाजमा रहेर उडान गर्ने मौका पनि पाए उनले ।

अहिले बाबु, आमा र छोरा तीनै जनाले एकै जहाजमा उडान भर्नु समयसँगै जुहार्चन परि’वारका लागि सा&मान्य हुँदै गएको छ । ‘त्यतिबेला सपरिवार एउटै फ्लाइट’मा पोखरा जान्थ्यौं । उतै घरमा बसिन्थ्यो’, सँगै उडेका पुराना दिन स्मरण गर्दै उनले भने ।

यसमध्ये १६ अक्टोबर २०१९ २९ असोज २०७६ मा भएको एउटा उडान भने यो परि’वारका लागि विशे’ष छ । त्यो उडान राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार बर्मा भ्रमणको थियो । र, यामप्रसाद, सुमिली र दीपु सो उडानमा ‘क्रु मेम्बर’ का रुपमा थिए ।

जब जहाज त्रिभुवन विमा’नस्थलमा अवतरण ग¥यो, जहा’जभित्रै उनको जन्मदिनको केक पनि काटियो । खासमा काममा उनी अति व्यस्त रहने भएकाले पनि दुई दिन अघिको जन्म&दिन पनि उनले मनाउन पाएका थिएनन् । र, जहाजभित्रै उनको ‘बर्थ डे’ मनाइएको थियो । अर्थात् बाबुआमासँगै राष्ट्र&पति भण्डारीको उडान गरे’को दुई दिन अघि उनले ३२ औं वर्षमा प्रवेश गरेका थिए ।

तर यो अवसर त्यति सजिलै आ’एको थिएन । उनले एउटा ठूलो दुर्घटना छलेर त्यो जन्म&दिन मनाउन पाएका थिए । दीपुका अनुसार, आरएनए ००१ फ्लाइट नम्बरको उक्त जहाजमा उनी ‘अल्टर’नेटिभ पाइलट’ को रुपमा थिए । उनीसँगै को–पाइलटका सिटमा थिए, बाबु यामप्रसाद ।

जहाज जब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ ग¥यो, राष्ट्रपति सवार त्यो जहा’जमा झण्डैले चरा ठोक्कि’न पुगेको थियो । तर उनी हरू बेलैमा चनाखो नभएका भए ठूलै दुर्घटना हुन सक्थ्यो । उनले त्यो दिन सम्झिँदै भने, ‘यो कुरा राष्ट्रपति भण्डारी लगायत जहाजमा रहेका विशिष्ट व्यक्तिहरुले त्यसलाई मह’सुस गर्नुभएको रहेछ ।’

उनको भनाइमा, दुर्घट’ना टारेकोमा राष्ट्रप&ति खुसी थिइन् नै । आफू सवार जहाजमा बाबु–आमा–छोरा ‘क्रु मेम्बर’ को रु’पमा रहेकोमा आश्चर्य व्यक्त गरिन्, साथै खुसी पनि भइन् ।

दीपुले निगममा सेवा थाले’को पनि १२ वर्ष पुगिसकेको छ । त्यसक्रममा उनी जुनियर को–पाइलटबाट सिनियर को– पाइलट, जुनियर क्याप्टेनबाट सिनियर क्याप्टेन, उडान सुर’क्षा व्यवस्थापकबाट स’हायक निर्देशक हुँदै अहिले ‘फ्लाइट अपरेसन म्यानेजर’ को जिम्मेवारीमा छन् ।

उडान अनुभव

भनिन्छ, ‘झन्डैले बाँचे’ भन्ने घटना पाइलटको जीवनमा भइर’हन्छन् । स्वभाविक रूपमा दीपुले पनि यस्ता थुप्रै घट’ना बेहोरेका छन् । यस्तै थुप्रै घटना मध्ये ट्वी’नअटर जहाज उडाउँदा भएका दुई घटनाले अहिले पनि उनको जीउ सिरिङ्ग पार्छ ।

को–पाइलट हुँदाको घटना हो, तुम्लिङटारबाट काठमाडौँ आउँदै थियो त्यो जहाज । आका’शमा तुवाँलो र बादल मिसि’एर च्याउ आकारमा बसेको थियो । यस्तो बादलमा पानीको मा’त्रा बढी हुन्छ, जसले गर्दा त्यसभित्र पुगेमा जहाजलाई धेरै हल्लाउँछ ।

उनले क्याप्टेनसँग ‘बादलभित्र जहाज नछिराऊँ’ भने, उनको कुरा सुनिएन । तर, जब जहाज बादलभित्र छि¥यो, एकैछिनमा जहाज बेस्सरी हल्लिन थाल्यो । क्याप्टेन आफै पनि बेस्सरी आत्तिए ।

‘अझ जहाजको सिसामा आए’को असिना पानीको आवाजले मान्छे बोलेको समेत नसुनिने अवस्था सिर्जना भयो’ उनले सुनाए, ‘हुन त, जुनियर थिएँ तर मैले च्या’लेन्जिङ हिसाबले क्याप्टेन’लाई अवतरण गर्न लगाएँ ।’ उनलाई अहिले पनि लाग्छ, आफू चुप लागेर बसेको भए जहाजमा सवार सबैको अन्ति’म दिन हुने थियो त्यो ।

यस्तै एउटा सम्झनलायक घटना छ उनी क्या’प्टेन हुँदाको । खानीडाँडाको खोटाङ उडान थियो, जहाज सानो बादलभित्र छि¥यो । बादल एकछिनमा सकिएला भन्ने चा’लक दलका सदस्य’हरुले सोचेका थिए, तर जहाजभित्र झनै अँध्यारो पो भयो । ‘बिजुली चम्किएको प्रकाशबाहेक केही नदेखिने स्थिति बन्यो, त्यसमाथि झन्डै २० मिनेट जहा’जको ‘इन्टेन्स टर्बुलेन्स,’ उनले सम्झे ।

ककपिट बाहिर यात्रुको रुवाबासी सुरु भइसकेको रहेछ ।

खानीडाँडा विमानस्थलमा अवतरण गर्न सकिने अवस्था नभएपछि जहाज विराटनगर विमानस्थ’लमा ओर्लियो । ज्यान जो’गियो भन्ने खुसीले होला, विमानस्थलमै जहाजका यात्रु लम्पसा’र परे र भुईं छुन पाएको खुसी धर्ति चुम्दै प्रकट गरे ।

दीपु आजकल एयरबस उडाउँछन् । सुर’क्षाका हिसाबले मात्र होइन सुविधाका हि&साबले पनि ट्वीनअटर भन्दा राम्रो छ । त्यसैले, यस्ता डरलाग्दा घटना पछिल्लो समय दोहोरिका छैनन् उनको जीवनमा ।

पाइलटको जिन्दगी न हो, जमिनमा भन्दा आका&शमा धेरै समय बित्छ । व्यस्तताकै कारण धेरै पारिवारिक जम’घटमा सामेल हुन पाउँदैनन् दीपु । अझ परि&वारका तीनै सदस्य जहाज बाहिर भेट हुन मुस्किलै हुन्छ । तर, आफूले रोजेको पेशा भएकाले उनले यो परिस्थि’तिलाई सहज रूपमा स्वीकारेका छन् ।

अवि&वाहित उनी आफ्नी जीवन संगिनी यो पेशाबारे समझदार होलिन् भन्नेमा पूर्ण विश्वस्त छैनन् । ‘जीवन’साथी यही क्षेत्रको रोज्नुहुन्छ कि अरु नै पेशाको रु’ भन्ने प्रश्नमा उनी कुट’नीतिक पारा’मा प्रस्तुत भए ।

पारिवारिक जमघट, विवाह–भोज आदिमा चाहेर पनि समय निकाल्न सक्दैनौँ, यो समस्या यो पेशा बाहिरका मान्छेले सजिलै बुझ्छन् भन्ने छैन’ उनी मुसुक्क हाँसे । र, थपे, ‘त्यसैले, एभिएसन सेक्टरकै जीवनसाथी रोजौँ कि जस्तो लाग्छ ।’

(कञ्चन न्यौपानेले नयाँ पत्रिका दैनिकमा छापिएको यो सामग्री हामीले साभार गरेका हौ)

प्रतिकृया दिनुहोस्