Sunday, January 17

आज डलरको भाउ सहित अन्य देशको मुद्राको भाउ कति पुग्यो ? हेर्नुहोस्

July 3, 2020 594

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १२० रुपैया ३२ पैसा पुगेको छ । बिहिबार डलर १२० रुपैयाँ ६५ पैसानै खरिद भएको थियो।

यूरोपियन यूरो एकको खरिददर १ सय ३५ रुपैयाँ १० पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ४९ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ६३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ७६ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। साउदी रियाल एकको खरिद’दर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ८७ पैसा रहेको’ छ भने बिक्रिदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ ०३ पैसा तथा बिक्रिदर ३ सय ९० रुपैयाँ ९८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १७ रुपैयाँ ०७ पैसा तथा बिक्रिदर ३ सय १८ रुपैयाँ ६५ पैसा रहेको छ। कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ०३ पैसारपैसा छ ।

बिस्तृत रुपमा हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्