नेपाल यातायात व्यव’सायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चाल’न गर्ने महासङ्घले जनाएको छ ।
यातायात खु’ला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महा’सङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मला’एको र कुनै निर्णय नगरेकाले व्यवसा’यी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् ।
महासङ्घ’का वरिष्ठ उपाध्यक्ष वि’जय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रह’ने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सा’वर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ नि’र्णय गरेर चलाउँछौँ ।
उपत्यका’का ट्याक्सी व्यव’सायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सड’कमा आएका थिए ।
ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
२१ गतेपछि साना सार्वज’निक सवारी साध’नहरू खुल्न सक्ने सम्भा’वना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।
कोरोना भाइर’सको साव’धानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरका’री निकायसँग पटक–पटक अनु’रोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उनको भनाइ छ । ,यो समाचार आजको गोरखापत्र दैनिकमा छापि’एकाे छ ।
प्रतिकृया दिनुहोस्