Monday, March 20

अबदेखि फेसबुकमा भिडियो कल गर्दा पाइन्छ यस्तो सुविधा

July 5, 2020 1347

विश्वभरी नै सर्वा’धिक लोकप्रिय सामाजिक सञ्जाल फेस’बुकले भिडि’यो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवा’भन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।

“म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैप’टकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराका’नी गर्न सकिने र बैठक, कार्य’क्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ ।

म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुरा’कानी गर्न सकिने व्य’वस्था गरिएको छ ।सामुहिक भि’डियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुरा’कानीका लागि निमन्त्रणा गर्न सक्दछ ।

निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ । भि’डियो कुराकानीमा नियम’न्त्रणा गरेको व्यक्तिले को को भिडियो कुराकानीमा सह’भागी भएका छन् भन्ने थाहा पाउने र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ ।

फेसबु’कको दायाँ साई’डबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुरा’कानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेस’बुकले दाबी गरेको छ ।

फेसबु’कको यो नयाँ सेवा “म्यासेन्जर रुम” केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता’ खुल्ला गरिने छ भने अ’न्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी ग’रिएको फेसबुकले जना’एको छ ।

प्रतिकृया दिनुहोस्