Tuesday, December 5

ब्रेकिङ्….रोपाइँमा प्रहरी र स्थानियबासी बीच झडप…

July 4, 2020 1711

ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झड’प भएको छ । झ’डपका क्रममा प्रहरी’ले केही सेल अश्रुग्या’स समेत हानेको छ ।

विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथ’लो कब्जा गरेको भन्दै खोकनाबासीले विरो’ध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमि’नमा खनजोत गर्न समेत नदिएपछि स्थानी’यले खड्का फाँटमा संयु’क्त रोपाइँ कार्यक्रम राखेका छन् ।

उनीहरुलाई प्रह’रीले रोक्न खोजेपछि विहानैबाट तना’व थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगा’डि नै रोकेका थिए भने अरुले खा’नजोत गरेका थिए । ट्याक्ट’र समेत लगाएका छन् ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झड’प भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रह’री घा’इते समेत भएका छन् । भिड’लाई तितर’वितर बनाउन प्रहरीले अश्रुग्या’स हाने’को छ । काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्र’पथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसार’णलाइन खो’कना हुँदै बनाउने तयारी छ ।

तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहर’माथि अतिक्र’मण गरेको भन्दै विरो’ध गर्दै आएका छन् । उनीहरुको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसं’स्थाले पनि समर्थन गर्दै आएका छन् ।

सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्व’स्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।

उनले खोकनाको किसान र बासिन्दामाथि अन्या’य भएको भन्दै विकासका नाममा खोकना:को अस्तित्व मेट्ने गरी भइरहे’का कामको विरोध जारी राखिने बताए । ‘हामी खोकना बचाउन अन्तिमसम्म लडि’रन्छौं, सीमा रक्षा गर्न नसक्ने सरकारले देशका गरिब जनत’को भूमिक लट्न पाउँदैन,’ श्रेष्ठ भन्छन् । – अनलाईन खबर

प्रतिकृया दिनुहोस्