Tuesday, March 21

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि हिड्यो…

July 7, 2020 2186

समा’जवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टी’बाट निस्कासन गरिएको छ। दलबाट निस्कासन गरिसकेपछि उनको सां’सद पद समेत रहने छैन। आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भए’को संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महा’सचिव राम सहाय प्रसाद यादवको संयोजकत्वमा कार्य’दल गठन गरेको थियो।

त्यही कार्यदलले गिरिलाई कार’बाही गर्नका लागि पार्टी’मा सिफारिस गरेको थियो। समाजवादी पा’र्टीका विश्‍वदीप पाण्डेले संसदबाट फिर्ता गर्ने र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्का’सन गरिएको पुष्टि गरे।

‘पार्टीको ह्वीप उल्लं’घन गरेको कारण’ले पार्टीले उहाँलाई कारबाही गरेको छ,’ पाण्डेले थाहाखबरसँग भने, ‘सांसद पदबाट पनि र पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्ने नि’र्णय भएको छ।’

जेठ २७ गते नि’सान छाप परिवर्तन गर्न संवि’धान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरो’धी अभिव्यक्तिहरु दिँदै आएकी छन्।

गिरिलाई कारबाही गरिएको बारे अब निर्वाचन आयोगलाई जानकारी गराउने तयारी समाजवादी पार्टीको छ। – थाहा खबर

प्रतिकृया दिनुहोस्