Wednesday, June 23

बोल्दा बोल्दै रोए भूवन केसी, सम्रागीले लगाएको आरोपको दिए यस्तो जवाफ (भिडियो सहित)

July 8, 2020 1124

अभिनेता भुवन के’सीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरो’पहरु लगाएको विष’यमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा केही अघि निवेदन दिएका छन् ।

उनले आफ्नो चरित्र हत्या हुने किसिम’का कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् ।

केसीले निवेदन’मार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यति’खेर काम गर्ने चलचित्रकर्मी’लाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।

तर, साम्राज्ञीले भने भिडियोमार्फत एक निर्माताले ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाएकी छिन् । साम्रा’ज्ञीले भुवनको नाम भने उक्त भिडियो’मा उल्लेख गरेकी छैनिन् ।

भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जा’लमा राखी युट्युब लगायत विभिन्न सञ्चा’रमाध्यममा आफ्नो चरित्र हत्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्र’लाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।

साथै उनले केही घण्टा’पहिले सामाजिक सञ्जाल फेस’बूकमा एक नोट लेख्दै साम्राज्ञीलाई पुनः झुठा लाञ्छना लगाएमा साइबर क्राइ’मअन्तर्गत उजुरी दिने बताएका थिए ।

केही दिनदेखि नायिका साम्राज्ञी र अभि’नेता भुवन केसीको सामाजिक सञ्जालमार्फत दोहोरी परेको छ । साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘दुर्व्यवहार’ मा परेको बताएकी थिइन् । जवाफमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दूलो पार्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यस्तै हिजो मात्र एक युट्युव चानेल संग कुरा गर्दै उनी माथि लागेका संपूर्ण आरोप माथि खण्डन गरेका छन् ।। हेर्नुहोस् भिडियोमा….यहाँ थिचेर

प्रतिकृया दिनुहोस्