मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्या’पारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेट’घाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हा’तलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान मह’सुस हुनेछ। अरूको बारेमा चा’सो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थि’तिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- कामको चाप बढ्नेछ। प्रक्रिया नपुग्नाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अव’सरका लागि केही दौ’डधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिला’उनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्ति’मानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। रमाइला क्रिया’कलापमा सहभागी बन्ने अवसर जुट्नु’का साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्या’ह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत स’बल हुनाले आवश्यकता पूरा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्प”र्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- प्रतीक्षित नतिजा कमजाेर देखिनाले नयाँ काममा अलमल हुनेछ। परिस्थि’तिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न केही विलम्ब हुनेछ। तापनि मिहिनेत गर्दा उपलब्धि हात’लागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधा’र आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षे’त्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- साथीभाइसँग सम्बन्ध चिसिनाले समस्या उत्पन्न हाेला। काम बिग्रने डरले सताउ’नेछ। बेसुरमा दिइएको वचनले पनि स’मस्या निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्व’पूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धि’को उपयोगले मात्र लाभ दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- साहसी काम गरेर अरूको मन जित्न सकि’नेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। काम’को उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आ’फन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भा’वना देखिन्छ। मनकाे डरले सताउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। अवसर जु’टे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्ण’यले काम बिग्रन सक्छ। ताप’नि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वाद’विवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- अपि’रिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि ला’मो यात्रा सम्भावना छ। टाढा’का साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- व्या’पार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। मध्या’ह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थि’तिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।
प्रतिकृया दिनुहोस्