Monday, January 25

दुःखद खबर, बाढी पहिरो आउँदा २ जनाको मृत्यु, १८ जना बेपत्ता

July 9, 2020 380

सिन्धुपाल्चोकको भोटे’कोशी नदीमा बाढी आउँदा बगाएर दुई जनाको मृ’त्यु भएको छ । उक्त बाढीमा परी १८ जना बेप’त्ता भएका छन् ।

राति १२ बजेदेखि आएको बाढीले बाह्र’बिसे नगरपालिका वडा नम्बर ५ को जम्बुमा पर्ने अरनिको राजमार्गमा क्षति पुर्याउँदा बाह्रबिसे नगरपालिका र भोटेको’शी गाउँपा’लिकाबीच सम्बन्ध बिच्छेद भ’एको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बेपत्ताहरुको उद्धार’का लागि अहिले जिल्लाबाट हेलिकोप्टर आउँदै गरेको र सुरक्षाकर्मीसहित स्थानीयको सहकार्यमा उद्धार’कार्य जारी रहेको बाह्रबिसे नगरपालि’काकी उपप्रमूख सुशीला पाख्रीनले बताएकी छन् ।

जम्बुका १५ घर बगायो

अविरल वर्षाका कारण बाह्र’बिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बा’ढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगा’एको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।

बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पा’ख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकि’एको र टेलिफोन अवरुद्ध भएको पाख्रि’नले बताईन्।

“खोला सडकमाथि बगिरहेको छ, उद्धा’रका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन्, निरन्तर पानी परिरहेकाले पहिरो आएको हो ।

भोटेकोशी नदी’को बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रि’नले अनुरोध गरेकी छन्। – डिसी नेपाल

प्रतिकृया दिनुहोस्