शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको नि’धन भएको छ ।
उनीहरुको ६८ वर्षको उमेरमा नि’धन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निध’नको खबरको पुष्टि गरेका छन् ।
उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक निध’न भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो ।
उनीहरुले सानै उमेरेदेखि सर्क’समा काम पाएका थिए । असहाय भएपनि उनीहरु निकै परिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कस’मा जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए ।
त्यसपछि उनीहरु आफ्ना भाइ बुहारीसँग बस्दै आएका थिए । भाई जिम र उनकी पत्नीले जुम्ल्याहाको राम्रो हेरबिचा’र गर्दै आएका थिए ।
रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरेसँगै जीवनको सबैभन्दा लामा यात्राको कीर्तिमान बनाएका थिए । त्यसअघि यो रेकर्ड अमेरिकी मूलका चेङ र बंकरको ना’ममा थियो । उनीहरु ६२ वर्ष बाँचेका थिए ।
सन् २०१० मा रोनी र डोनीको नाममा टिएलसी च्यानलले एउटा वृत्तचित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दुई भा’इको पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्म’रभन्दा माथि दुई जना थिए ।
हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्