Saturday, October 16

होशियार ! चोरि गर्ने गिरोह अनौठो भेषमा भेटीए, यस्ता ब्यक्ति देखिए सावधानी अपनाउँनुहोला….

July 9, 2020 1665

आपराधिक समूहले विभिन्न उपाए अपना’उँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए ।

यसपाली भने कवाड टिप्ने हुलि’या बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्य’क्तिको खोज’तलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जान’कारी दिनुभाये ।

अनुसन्धानका क्रममा उनीहरुले का’गज बोतल सङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दि’नसम्म रेकी गरी मानिसको चहल’पहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरे’र चोरी गरेको तथ्य फेला परेको हो ।

उक्त गिरोहले गत फागुन १८ गते ला’जिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरे’को पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगह’ना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए ।

घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबा’रीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशा’खाले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घट”नामा संलग्न रहेका एक ज’ना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रह’री उपरीक्षक कार्कीले जान’कारी दिनुभयो ।

उनीहरु दुईव’टा समूहले जेलमा बस्दा चिनजा’नको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्या’दीलाई समेत बोलाइ चोरी गरेको’ फेला परेको छ ।

गिरोहले चोरी’ कार्य छोडी डण्डी फर्मा, ले’बर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादी’लाई समेत परिचालन गरेको खुल्न आएको छ ।

प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध

महानगरीय अपराध महाशा’खाले विभिन्न सामा”जिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनु”रोध गरेको छ ।

महाशाखाले सोमबार एक सूचना जा”री गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खा’ता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअ’नुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधार”णलाई सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुस”न्धान थालेको जानकारी दिँदै महाशा”खाले बजार मूल्यभन्दा कम मूल्य”मा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभ”मा नफस्न भनेको छ ।

महाशाखा’का अनुसार यसरी लोभमा फँस्दा जग्गाज’मीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइ’एको छ । – ताजा खबर (फाईल फोटो)

प्रतिकृया दिनुहोस्