मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्य’वसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भने’जस्तो आम्दानी हुनेछ । बैक’सँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुने’छ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन’साथीको सहयोगले राम्रा काम गर्न स’किनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना समस्या’हरु समाधान गरि आम्दानीका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुच विस्तार गर्न सकिनेछ । बुवा वा बुवा सर’हका मानिसबाट तपा’ईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यव’सायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तब्यमा पुग्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मि’क तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिर’को यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भने’जस्तो नतिजा हात लाग्नेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफ’लता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि आम्दानी हुनेछ भने व्यापार व्यवसायमा सामान्य वद्धि हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउ’नुपर्ला। समय र नियमलाई वेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फा’इदा उठ्नेछ। वैदेशिक क्षेत्र’बाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने वाणिमा थप निखारता आउने हुनाले नाम कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक क’दम बढी सफलता हात पार्न सकिनेछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य’ सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्या’पारबाट सामान्य आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक नि’र्णयहरु तपाईँकै पक्षमा फै’सला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तान बृद्धि’को योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडि’हरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपा’हार पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पा’उने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृ’षि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेह’रुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाज’सेवामा नाम कमाउन अलि बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्ने’छन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन स’किनेछ । समाजिक सम्बन्धहरु सुदृढ भए’र जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समा’चारले मन प्रशन्न हुनेछ । थोरै बोलेर आम्दानी गर्न सकिने समय रहे’कोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्यय’नमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय’मा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्या:पनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सका’रात्मक नतिजा हात लागि हुने ग्रहयोग रहे:कोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सम’यमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल ग’र्नुहोला । टाढाको यात्रा हुने भएपनि यात्राको क्रममा दुख पाईनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि वा विदेशी सामानको व्यापार गर्नेह’रुका लागि समय राम्रो रहेकोछ । शरि’रमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्