विश्वभर फैलिर’हेको कोरोना भाइरस कारण नेपाल’मा पनि १६ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार’ले लामो समय मुलुकलाई लकडाउन घोषणा गरेपछि जनजीवन प्रभावित बन्न पुगेको छ ।
लकडाउन सुरु भए’सँगै समस्या’मा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेका न्युज २४ टेलिभि’जन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर गरिब दिनदुखी र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने जान’कारी दिएका छन् ।
त्यसै क्रममा सीधाकुरा यको टीम आजबाट प्रदेश प्रस्थान सुरु गरेको छ । आज प्रदेश १ बाट आफ्नो अभियान सुरु गरेको सीधाकुरा टीम ले ७ प्रदेश पुगेर कार्यक्रम सञ्चालन गर्ने रवि लामिछानेले जानकारी दिए ।
यस अघि पत्रकार रविले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको जानकारी दिँदै लेखेका थिए :
समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ।क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।
लाखौं दर्शकहरूले दिनु भएको माया,बिश्वास र भरोसालाई सहि मार्गमा रुपान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजना’हरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।
स्थिति सह’ज हुदा तपाईं हाम्रो दैलोमा गुनासो लिएर आउनु भो र आज स्थिति असहज हुदा हामी आफै तपा’ईंको गुनासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ।
यात्रा आगामी आईतवारबाट प्रदेश एकमा।
प्रतिकृया दिनुहोस्