Monday, March 20

सार्वजनिक गाडी चल्न दिने सरकारी निर्णय व्यवसायीले मानेनन्, यस्तो माग राख्दै उल्टै दिए चेतावनी

July 10, 2020 2131

सरकारले शुक्रवारवाट लागू हुने गरी सार्वजनिक यातायात साधन चलाउन अनुमति दिएको छ । विहिवार सरकारले सा’र्वजनिक यातायात साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर व्यवसायीले कुनै हालतमा सार्वजनिक याता’यात नचलाउने बताएका छन् । उनीहरुले चाबी सर’कारलाई बुझाउने चेतावनी दिएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुत गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपा’लले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ ।

सरकारले अहिलेको भाडा दरमा ५० प्रतिशत वृद्धि गरेर यातायात सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले हचुवा’को भरमा यातायात सञ्चालन गर्न भनेको भन्दै विरोध गरेका छन् ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना निर्णय गरेको आरोप लगाएका छन् । अधिकारीले भने, ‘हामी गाडी चलाउँदैनौं, सरका’रलाई चाबी बुझाउँछौं ।’ सरकारले आफूहरु’लाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउनु पर्ने माग राखेका छन् । ब्यव’सायीले राखेको माग यस्तो छ ।

प्रेस विज्ञप्ती, मिति २०७७ साल आषाढ २५ गते विहिवारका दिन नेपाल सरकारको मंन्त्री परिषदबाट सार्वजनिक यातायात संचा’लन गर्ने गरी नेपाल सर’कारका प्रवक्ता माननिय मंन्त्रीज्यूले दिनु भएको अभिव्यक्ति प्रति यस सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा विभिन्न समयमा राज्यको विभिन्न निकायहरुमा राख्दै आए’का मागहरुलाई पूर्ण रुपमा वेवास्ता गरी

सार्वजनिक यातायात व्यवसायीहरु सरका’रलाई सहयोग गर्न चाहदा चाहदै पनि सरकारले व्यवसायीहरुसँग कुनै आपसी संवाद नै नगरी ल्याएको एकपक्षीय निर्णयलाई यस सार्वजनिक याता’यात केन्द्रीय महासंघ नेपाल पूर्ण रुपमा आपत्ति जनाउँदै नेपाल स’रकारसँग यस महासंघले राखेका मागलाई तत्का’ल सम्बोधनका लागि अनुरोध गर्दछ ।

तपशिलमा उल्लेखित विष’यवस्तुहरुमा सहमति भएमा यस महासंघ सार्वजनिक यातायात संचालन गर्न सहमति ज’नाउँदछ ।
तपशिल

१। सार्व’जनिक यातायातका सम्पूर्ण साधनह’रुलाई विश्व स्वास्थ्य संगठनले तोेकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले पूर्ण व्यवस्था गरिदिनु पर्ने र यातायात मजदुर र आम यात्रु’हरुको स्वास्थ्यको पूर्ण व्यवस्था सहित हस्पिटालि’टीको सम्पूर्ण व्यवस्था हुनुपर्ने ।

२। बैंक किस्ता तथा व्याजमा पूर्ण तालिकि’करण हुनु पर्ने ।
(क) चार महिनाको वन्दावन्दी अवधिको व्याज छुट र थप चार महिनाको गाडी सञ्चा’लन भएतापनि गाडीले किस्ता तिर्न नसक्ने हुँदा किस्ता अवधि बढाई २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यव’स्था हुनुपर्ने ।

(ख) नेपाल सरकारले तोके बमो’जिम विभिन्न प्रकृतिका (साना, ठूला, मझौला) सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने ।

३। कागज पत्र कर राजश्वमा बन्दाबन्दी अवस्था’को कर छुट लगायत नेपाल सरका’रले घोषणा गरे बमोजिम छुट हुनपर्ने र एक वर्षसम्म जरिवाना नलाग्ने गरी म्याद थप हुनुपर्ने ।

४। बन्दावन्दी अवस्थाको वीमा प्रिमियम छुट सम’यावधि समायोजन हुनुपर्ने ।

५।उल्लेखित मागहरु तत्का’ल सम्बोधन भएमा याता’यात व्यवसायी गाडी सञ्चालन गर्न सहमत हुने अन्यथा सम्पूर्ण सार्वजनिक यातायातको चावी सम्बन्धीत निका’यमा बुझाई यातायात व्यवसा’यीको लगानीको वचत पत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋण समेतको जिम्मा नेपाल सकारले लिई सार्वजनिक यातायातनै सरकार मातहत सञ्चा’लन हुनेगरी सर’कारद्वारा राष्ट्रियकरण गर्न माग गर्दछौं ।

भरत नेपाल (महासचिव) सार्व’जनिक यातायात केन्द्रीय महासंघ नेपाल, केन्द्रीय कार्यालय, काठमाडौं मितिः २०७७/०३/२६

प्रतिकृया दिनुहोस्