Thursday, December 7

भारतीय टिभी जी न्युजका प्रधान-सम्पादकले नेपालीसंग मागे माफी

July 10, 2020 2874

भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्वीट हटाएका छन् ।

नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

जी न्युजका प्रधान’सम्पादक चौधरीले नेपाल’मा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समा’चार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए ।

उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्वीट हटाएका हुन् ।

ट्वीट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्वीटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् ।

मैले आवेशमा अ’नावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभि’व्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्वीट हटाएको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपा’लका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भि’डियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चा’रमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

भारतीय टिभी जी न्यूजलाई कारबाही गर्न पत्राचार

नेपाल र यहाँका प्रधा’नमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक समाचार सामग्री बनाएर प्रसार गर्ने जि न्युजमाथि कारवा’ही गर्न आग्रहसहित नेपाल प्रेस का’उन्सिलले भार’तीय प्रेस काउन्सि’ललाई शुक्रबार प’त्राचार गरेको छ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई परराष्ट्र मन्त्रालयमार्फत एक पत्र पठाउँदै जी न्युजमाथि का’रवाही अघि बढाउन आग्रह गरेका हुन्।

कार्यवा’हक अध्यक्ष श्रेष्ठले पत्रमा जी न्युजले पत्रकारिताको न्यूनतम् मूल्य मान्यताको पनि ख्याल नगरी प्रसारण गरेको उक्त सा’मग्रीले नेपालको सार्वभौमसत्तामै आक्रमण गरेको उल्लेख गरिएको छ।

‘नेपालका प्रधानमन्त्रीको चरित्र’माथि नै प्रश्‍न उठाउँदै नेपालबारे समेत जथा’भावी टिप्पणीसहित प्रसारण गरिएको सामग्रीले नेपालको सार्वभौमसत्तामाथि पनि आक्रमण गरेको छ’, पत्रमा भनिएको छ, ‘त्यस सामग्रीले नेपालका प्रधान:मन्त्रीको खिल्ली मात्रै नउडा’इ यसले स्वतन्त्र राष्ट्रमाथि नै प्रहार गरेको छ।’

प्रेस काउन्सि’लले चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर चारित्रिक प्रश्‍न उठाउँदै बनाइ’एको सामाग्री कुनै पनि हिसा’बमा समाचारको मूल्य मान्यता भित्र नपर्ने ठहर गरेको छ। ‘

काउन्सिलले नेपालबिरुद्ध जथाभावी ब’नाइएका साम’ग्रीकै कारण भारतीय समाचार टेलिभिज’नमाथि प्रतिबन्ध लगाइएको पनि स्मरण गराएको छ। काउन्सिल:ले नेपाल-भारतबीच सदियौंदेखि राम्रो सम्बन्ध कायम रहेको बताउँदै तर यस सम्बन्ध’लाई भारतीय सञ्चार’माध्यमले बिगार्ने तर्फ लागे’काले गम्भीर हुन पनि भनिएको छ। – खबर हब

प्रतिकृया दिनुहोस्