महानायक राजेश हमाललाई महा’नायकको उपाधि दिनु ग’लत रहेको बयान दिएकी हास्यकलाकार एवं निर्देशक दिपाश्री निरौला विवादमा तानिएकी छन् । चौतर्फि वि’वादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यान’सँग माफि समेत मागेकी छन् ।
निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने उल्लेख गरेकी छिन् ।
उनले कोरोनाका कारण चलचित्र प्रावि’धिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बता’एकी छिन् ।
निरौ’लाले अन्तर्वार्ता दिदै राजेश हमाल महा’नायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइर’हेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौ’लामाथि खनिएका छन् ।
आलोचना भएपछि दीपाश्रीले फेसबुक मा पोस्ट गर्दै माफिसमेत मागेकी छिन्, उनले एउटा पोस्ट गर्दै माफी मागेकी हुन ।
हेर्नुहोस् उन’को स्टाटस जस्ता’को तस्तै
आदरणीय साथिहरू:
भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !! श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने ,
मैले चलचित्र क्षेत्रकों महानायक भए’पछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबि’धिकहरू लाइ परे’को पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..
के प्रधानमंत्री, के महानायक, के कलाकार , अथवा के भगवान
सबै संग गुनासो गर्न पाइन्छ , एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो !!! राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसिय’त मेरो थिएन , छैन र हुने पनि छैन ,
मेरो पहिलो चलचित्रको नायक हो उहॉ, उहॉ’लाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ ! काठमाण्डूमा पाउरोटी समेत खान नपाएर संघ’र्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ , मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,
म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रहि रहनु हुनेछ
..तर उहॉले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहॉलाइ भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि ….
तथापी मेरो अभिव्यक्ति ले उहॉ सुप’रस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमा’लज्यूको फ्यानहरू संग माफि माग्दछू र भबिष्यमा अन्तर्वार्ता दिदॉ , पत्रकार को आशय र उस्को उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाब दिने को’शिस गर्नेछू !
एउटा महिला क’लाकार हूं , कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गालि, पचाउनै नस्कने आरो’पहरू , सुन्न पनि हि’च्किचाइनु पर्ने शब्दहरु लाइ पनि सामान्य रूपमा नै लिएको छू किनकि म त कलाकार हूँ, हामिले सहनू नै पर्छ ..
एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा त’पाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ?
अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रु’टिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभाव हरू प्रति त म सधै झै नतमस्तक छू,मेरो कारणले मन दुखेंको होला क्ष’मा चाहन्छू है?
यो थियो उनले लेखेको स्टाटस
त्यस्तै उनको उक्त बयान आयपछि कलाकार देखि अन्य क्षेत्रका मानिसहरूले समेत उनको चर्को आलोचना गरेका छन् । त्यस्तै मा कलाकार सुशील पोखरेल ले समेत दीपाश्रीको आलोचना गरेकाछन् ।
भिडियो हेर्नुहोस….. यहाँ थिचेर
प्रतिकृया दिनुहोस्