Monday, October 2

पहिरोमा पुरिएर मृ’त्यु भएका घरधनीको प्रतिक्षामा कुकुर, भत्किएको घरतिर हेरेर रोइरहन्छ (भिडियोसहित)

July 11, 2020 2039

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा नि’धन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको निध’न भएको जिल्ला प्रहरी कार्यालय’का प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवा’स हमालले जानकारी दिनुभयो ।

घटनामा थापाका परि’वारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पि’रिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी तनहुँ दमौलीका टङ्कब’हादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उहाँका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापा’मगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चि’कित्सक डा असिम सुवे’दीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहि’राले थापाको घर पुरेको थियो ।

पिङ्की थापाकोे जन्मदिन मना’उने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आउनुभएको थियो । पोखराका विभिन्न ठाउँमा गएरा’तिको पहिरामा परी निधन हुनेको सङ्ख्या छ पुगेको छ ।

यसै क्रममा पहिरोले पुरिएको घरमा पुग्दा टंकबहादु’रका दाजु सोमबहादुर भाइको ढलेको घर नजिकै भाइको ढलेको घर हेरिरहेका थिए। यसैमा एउटा कुकुर पनि भत्केको घर हेरिरहन्थ्यो।

घरी घरी सानो आवाजमा कराई रहन्थ्यो। सोमब’हादुरले भाइ टंकको कुकुर भएको सुनाए। ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो।’

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्क’बहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफ’न्त तथा केही छिमेकीलाई निम्ता गरिएको थियो ।

सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदी९ मितबाबुको छोरी को जन्म दिन मनाउन साँझ गो’ठादी पुग्नुभएको थियो । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेति’र खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

परिवारका सदस्य तथा आ’फन्त भने १२ बजे मध्यराति पिङ्कीलाई अन्तिमपटक शुभकामना दिएरमात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे । “सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभका’मना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौँ ।”

पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका तामाङले भन्नुभयो,“ १२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे वीस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौँ ।”

अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने ६ जना अन्य कोठामा थिए । तर उनीहरुको सुतेको दुई घण्टामानै घर पहिराले बगायो । माथिबाट पानीको भेलले’ पर्खाल भत्किएपछि घरसमे’त सँगै पहिराले बगाएको थियो ।

पहिरो आएसँगै आफू बेहोस भएको र घरमुनि’को बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा होसमा आएको तामाङले बताउनुभयो ।

घटनाको स्मरण गर्दै उ’हाँले भन्नुभयो, “सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रशी भाइ अर्का घाइते’ रहेछ, उस’लाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौँ ।” अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उहाँको भनाइ छ ।

अर्का घाइते रशी थापामगरले पनि होसमा आएप’छि मात्र घटना’बारे जानकारी भएको बताउनुभयो । “केही पनि थाहा भएन । पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रग’त आइरहेको रहेछ, पिङ्की दिदी,अनिस दाई, कृपा, इसिका भाञ्जी’सहित हामी सात जना एउटै को’ठामा थियौँ” थापाले भन्नुभयो ।

छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सह’भागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आउनुभएका सालीको परिवारस’हितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताउनुभयो ।

पहिरोमा परी पिङ्कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इ’शिका थापामगर र छ वर्षीय सुवा’न थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको निधन भएको थियो ।

घटनामा थापाका परि’वारका सदस्य, आफन्त तथा छिमे’की गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्प’तालमा उप’चार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरी’क्षक सुवास हमालले जानकारी दिनुभयो ।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापा’ले ठूलो पानी प’रेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगा’एको पर्खालसहित भत्किएर घर पहिरोले क्ष’ति पु¥याएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहि’राले बगाएपछि हार गुहार समेत भएन ।”

यसैबीच गण्डकी प्रदे’शका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परि’चालित गरिएको बतानुभएको छ ।

प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनध:नको क्षति भएपछि आज एक विज्ञप्ती जारी गरी उहाँले पहिरो र बाढीबाट ज्यान गुमाएका’हरुप्रति श्रद्धा’न्जलि तथा परिवारजनमा सम’वेदना प्रकट व्यक्त गर्नुभएको छ ।

प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको निधन भएको तथा १६ जनाको सकुशल उद्धार गरिए’को उहाँले जानकारी दिनुभयो ।

पहिरोका कार’णले १० घर पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धार’मा सुरक्षाकर्मी परिचालन’ गरिएको मन्त्री चुमानले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिए’को उहाँले बताउनुभयो ।

भिडियो हेर्नुहोस ….

प्रतिकृया दिनुहोस्