Tuesday, January 19

हिन्दी फिल्म ‘यारा’मा नेपाली नायिका मरिश्का पोख्रेल, ट्रेलर सार्वजनिक (ट्रेलर भिडियो सहित)

July 11, 2020 722

नेपाली चलचित्रकी अभिनेत्री मरिश्का’ पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । एक्स’न प्याक्ड टिजरमा मरिश्का’लाई एक सेकेन्ड मात्र स्था’न दिइएको छ । टिजरको ५२ सेकेन्डमा क्लबभित्र उनलाई देख्न सकिन्छ ।

टिजरमा उनले पाए’को स्क्रिन स्पेस हेर्दा चलचित्रमा उनको भूमिका सशक्त नभएको अनुमान गर्न सकिन्छ । टिजरमा एक सेकेन्ड देखिँदा पनि मरिश्का भने खुसी छिन् । उनले फेसबुकमा गए’को पाँच वर्षदेखि आफू यो पलको प्रती’क्षामा रहेको बता’एकी छन् ।

‘यारा’ मा निभाएको चरित्र’का लागि आफू अडिसनबाट छानिएको उनले उल्लेख गरेकी छन् । टिजरमा आफूलाई स्थान दिएको’मा निर्माण टिमलाई धन्यवाद दिँदै उनले यो चलचित्र आफ्नो लागि निकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘५ वर्ष अगाडि ‘जब मैले २ वटा मात्र फेशन शो गरेको थिएँ, क्यामे’राको कुनै अनुभव थिएन । आमाको सहयोगले मैले फिल्मको अडिसन दिएँ र तीन दिनपछि मलाई यो भूमिका’मा छानिएको भनेर फोन आएको थियो ।

त्यसबेला मेरो खुसी’को कुनै सीमा थिएन । यो प्रोजेक्ट मेरो लागि निकै महत्त्वपूर्ण छ । म विहानदेखि घरभन्दा बाहिर खु’सीले उफ्रिरहेको छु ।’

‘यारा’ को केही प्रतिशत छायांकन नेपाल’मा समेत गरिएको छ । टिजरको १६ सेकेण्डमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य देख्न सकिन्छ ।

बलिउडका एक्सन स्टार विद्युत जाम’वालको प्रमुख भूमिका रहेको चलचित्रलाई तिग्मांशु धूलियाले निर्देशन गरेका हुन् । चलचित्रमा श्रुति हासन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमि’का छ । टिजरमा चार साथीको कहानी देखाइएको छ । भिडियो…

प्रतिकृया दिनुहोस्