Tuesday, March 28

‘राजेश हमाललाई महानायक जनताले बनाएका हुन्’ भन्दै जंगिए ऋषि धमला (भिडियो सहित)

July 11, 2020 1895

राजेश हमाल महानायक होइन भन्ने अभिव्यक्ति दिएकी दीपाश्री निरौला यतिबेला चारैतिरबाट आलोचनाको पात्र बनेकी छन् । सबै कलाकर्मी , पत्रकार लगायतले महानायक को रुपमा स्वीकार गरेका राजेश हमाललाई महानायक होइन भन्दै अन्तर्वार्ता दिने दिपाश्री माथि सबैजसो मानिसहरु खनिएका छन् ।

प्रकाश सुवेदीले एक कार्यक्रममा दीपाश्री निरौलालाई प्रश्न सोध्ने क्रममा माहानायक राजेश हमालको प्रसङ्ग आएको थियो । र उनले राजेश हमाल माहानायक हो र भनेर प्रष्ट समेत गरेकी थिइन् ? र राजेश हमाललाई अरुले महानायक नबनाएको र तपाईले बनाएको हो भन्दै पत्रकार माथि नै प्रश्न उठाएकी थिइन् ।

दीपाश्रीको उक्त अन्तर्वार्ता बाहिरिएपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भयो नै त्यस्तै विभिन्न अन्तर्वार्तामा अन्य राजेश हमालका फ्यानहरु आएर दीपाश्रीको आलोचना गरेका छन् ।

एक दुई वटा फिल्म हिट भयो भन्दैमा घमण्ड बढेको भन्दै घमण्ड त्याग्न समेत आग्रह गरेका छन् । त्यस्तैमा विभिन्न पत्रकार विश्लेषकहरुले समेत यस प्रसंगमा आफ्नो विचारहरु व्यक्त गरिरहेका छन् ।

त्यस्तैमा चर्चित पत्रकार ऋषि धमलाले पनि आफ्नो विचार व्यक्त गरेका छन् । उनले नेता मदन भण्डारी बीपी कोइरालाको उदाहरण जोड्दै जनताले महानायक बनाएको भनेर दिपा श्री निरौलाको विपक्षीमा उभिएका छन् ।
हेर्नुहोस् भिडियो …..

प्रतिकृया दिनुहोस्