Sunday, September 24

‘राजेश हमाललाई सरकारले महानायक घोषणा गर्नुपर्छ’ (भिडियो सहित)

July 11, 2020 1968

राजेश हमाल महानायक होइन भन्ने अभिव्यक्ति दिएकी दीपाश्री निरौला यतिबेला चारैतिरबाट आलोचनाको पात्र बनेकी छन् । सबै कलाकर्मी , पत्रकार लगायतले महानायक को रुपमा स्वीकार गरेका राजेश हमाललाई महानायक होइन भन्दै अन्तर्वार्ता दिने दिपाश्री माथि सबैजसो मानिसहरु खनिएका छन् ।

प्रकाश सुवेदीले एक कार्यक्रममा दीपाश्री निरौलालाई प्रश्न सोध्ने क्रममा माहानायक राजेश हमालको प्रसङ्ग आएको थियो । र उनले राजेश हमाल माहानायक हो र भनेर प्रश्न समेत गरेकी थिइन् ? राजेश हमाललाई अरुले महानायक नबनाएको र तपाईले बनाएको हो भन्दै पत्रकार माथि नै प्रश्न उठाएकी थिइन् ।

दीपाश्रीको उक्त अन्तर्वार्ता बाहिरिएपछि सामाजिक सञ्जालमा उनको कडा आलोचना भयो नै त्यस्तै विभिन्न अन्तर्वार्तामा अन्य राजेश हमालका फ्यानहरु आएर दीपाश्रीको आलोचना गरेका छन् ।

एक दुई वटा फिल्म हिट भयो भन्दैमा घमण्ड बढेको भन्दै घमण्ड त्याग्न समेत आग्रह गरेका छन् । त्यस्तैमा विभिन्न पत्रकार विश्लेषकहरुले समेत यस प्रसंगमा आफ्नो विचारहरु व्यक्त गरिरहेका छन् ।

त्यस्तैमा कलाकार राजेन्द्र पनि आफ्नो विचार व्यक्त गरेका छन् । यो घटना बाहिर आएपछि राजेश हमालको पक्षमा देखिएका राजेन्द्र खड्गी विभिन्न अन्तर्वार्ता हरुमा दिपा श्री निरौलाको विपक्षीमा उभिएका छन् ।

हेर्नुहोस् भिडियो …..

प्रतिकृया दिनुहोस्