Thursday, March 23

‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’ पहिरो पीडितको कहाली’लाग्दो यो व्यथा..पढ्नुहोस्

July 12, 2020 1005

धवलागिरि गाउँपा’लिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जा’लीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन। “बिहानै मेला’मा जाने योजना थियो।

जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमती’लाई तान्दातान्दै पहिरोले बगायो।” पहिरोमा भाग्ने क्रममा घा’इते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउ’नुको पीडाले भक्का’निए।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए। करिब ३६ घण्टासम्म शरी’रमा लागेको चो’टको पीडा सहेर बसेका धनबहा’दुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए।

“खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उनले भने, “न बस्ने घर छ। न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे।” पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धा’र गरिएको थियो।

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहनुभएकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए।

घरछेउको खोल्सामा बाढी र माख्लाको भिर’बाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गए’का थिए।

“मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ”, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भने,

“पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमा’लाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु-यो। हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चो’ट लाग्यो।”

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृ’त्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन्। चार अझै बेपत्ता छन्।

धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको श’व भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। – रासस

प्रतिकृया दिनुहोस्