Sunday, April 18

खुशीको खबर: नेपाल टेलिकमले अब हरेक वडामा वाईफाई राख्दै

July 13, 2020 1018

नेपाल टेलिकमले देशका हरेक वडा’मा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सर’कारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षि’त गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानका’री दिए।

आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य’क्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने का’म अगाडि बढाइएको उनले बताए।

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सु’विधा उपलब्ध गराउने टेलि’कमको योजना छ ।

टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफा’ई उपलब्ध गराइने कम्प’नीका इन्जिनियर अमृत नेपालले जानकारी दिए।

कम्पनीले वाई’फाईसँगै फिक्स्ड टेलि’फोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्त्वपूर्ण हुने भएका’ले यससँगै त्यो सुविधा पनि हुनेछ, उनले भने – गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्