Thursday, May 6

क्वारेन्टाइन’मा एकै जनाले २० जनाको खाना खाए’पछि……

July 13, 2020 880

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारे’टाइन सेन्टरमा राख्ने गरीएको छ ।

जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्य’क्तिको खानपानको जिम्मे’वारी सरकारका तर्फबाट हुने गरेको छ । यसरी सञ्चालनमा ल्याएका भारतका कैयौं क्वारेन्टाइन कमजोर व्यवस्थापन र खराब नी’तिको सिकार भएर चर्चामा छन् । तर बिहा’रको बक्सर जिल्लाको एक क्वारेन्टाइन भने चर्चामा आउनुको प्रसंग भने निकै रोचक छ ।

खासमा, बिहारको बक्सर जिल्लाको क्वारेन्टा’इन चर्चामा आउनुको कारण हो, क्वारेन्टाइनमा रहेका एक युवक । क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै ढी खाना खाए’पछि यसको चर्चा चुलिएको हो ।

उनको खाना’को क्षमता बारे सुन्दा पत्याउन निक्कै ग्राहो हुन्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाएका थिए ।

त्यसपछि उनको क्षमता बारे क्वारेन्टाइन ब्यवस्थाप’नले जानकारी पाएको थियो । दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।

अनुप राजस्था’नमा काम गर्छन । उनी लकडा’उनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट क्वारेन्टाइनमा मात्र होइन, उनको घरमापनि सोहि अनुसार रहने गरेको छ ।

उनको गाउँमा उन’ले एकै पटक १ सय समोसा खाए’को रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।

अनुपका बारेमा अर्को रो’चक कुरा के छ भने उनी ज्या’दा खाने मात्र होइन अन्य ब्यक्तिको तुलना’मा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् ।

अनुपको खाना’खाने क्षमताका बारेमा जब अञ्चला’धिकारी समक्ष कुरा पुग्यो तब उनी स्वयम् यसबारे बुझ्न पुगे ।

अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थाप’कलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् । हुनत क्वारेन्टाइन व्यवस्थापकलाई अनुपलाई ख्वाउन कुनै समस्या छैन ।

तर क्वारेन्टाइनमा खाना ब’नाउने भान्सेका लागी भने उनलाई अघाउने खाना खुवा’उन निक्कै सकस पर्दै आएको छ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्