Wednesday, September 22

अविबाहित भारतीय अभिनेत्री रेखाले कस्को नामको लगाउँछिन् सिन्दुर ? थाहा पाउनुहोस्

July 13, 2020 4633

भारतीय सदावहार अभिनेत्री रेखाको बास्तविक नाम भानूरेखा गणेशन हो । एकपटक उनी एउटा समारोहमा सिउँदोमा सिन्दूर हालेर पुगिन् । तत्कालीन राष्ट्रपतिले समेत सोधेछन्, ‘तपाईंले कसको नाउँको सिन्दूर लाउनुभयो?’ रेखाले जवाफ दिइन्, ‘होइन, हामीतिर यस्तो रिवाज छ ।’

अड्कल काट्दा त्यो सिन्दूर कसैले ‘जमिन–आसमान’ भन्ने फिल्म’मा साथ खेलेका सञ्जय दत्तको भने, कसैले अमिताभकै नाउँको भने । यस्तो रहस्य पनि रेखाले राख्न सक्थिन् ।

यी सारा सम्बन्धमा अमिताभ बच्च’नसँगको यिनको सम्बन्ध आजसम्म चर्चित छ । अमिताभ–रेखा जमानाकी बढी गम्भीर मानिएकी नायिका जया भादुरीका नातिनाति’नासमेत भइसके, रेखा अझै अमि’ताभप्रति समर्पित देखिन्छिन् ।

उनी सेक्सपियरियन शैलीमा अमिता’भलाई संकेत गरेर भन्छिन्, ‘गुलाब जे गरे पनि गुलाबै रहन्छ । अर्थात् ह्वाट इज इन अ नेम‘ ।’

बलिउडमा हिमांशु राय, देविका रानी, दिलीप कुमार, मधुवाला आदिका प्रेम–प्रसंग चर्चित छन्, फरक यति छ अमि’ताभ र रेखाको विवाह र अविवाह वा विवाह र पूर्वविवाहबीचको प्रेम हो ।

अझ अमिताभका बयानहरू हेर्दा त रेखाको एकतर्फी प्रेम देखिन्छ । परिस्थितिले भने त्यस्तो देखिन्न । केही थियो भन्ने नै भान हुन्छ ।

‘नमक हराम’मा पनि रेखा–अमिताभ खे’लेका छन् तर त्यसमा उनी शशी कपूरकी नायि’का छिन् । त्यहाँसम्म उनीहरूको सम्बन्ध सामान्य नै थियो ।
‘दो अन्जाने’ फिल्म खेल्दा दुवै अत्यन्त नजिक आए भनिन्छ । त्यसै फिल्ममा रेखाको अभिनयलाई पहिलो’पटक मिडिया र पब्लिकले पनि गम्भीर रूपमा लिए ।

यसमा नायि”काको ‘वेम्पिस’ रोल भए पनि आँट गरेर खेलिन् । फिल्मको सुटिङ कलकत्तामा गरिएको थियो, जसका लागि अमिताभ र रेखा एक महिना एउटै होटल’मा बसेका थिए । निकटता त्यसै बखत बढ्यो । अमिताभ कलकत्ताका पु’राना बासिन्दा, त्यसैले त्यस बेला’का आफ्ना कुरा सुनाउन उत्साही अनि रेखा सुन्न उत्सुक ।

‘दो अन्जाने’कै सेटमा अमिताभको अनुशासन, सद्व्यवहार, सुटिङमा ठीक समयमा पुग्ने आदि गुणले सबै प्रभा’वित थिए, रेखा झन् बढी प्रभावित भइन् । सुटि’ङका ला’गि कहिल्यै टाइममा नपुग्ने, जस्तोसुकै अभिनेतालाई पनि कुराउने रेखा चारै बजे उठेर तयार भएर ६ बजे सेटमा पुग्न थालिन् ।

त्यस दिनदेखि रेखा बद्लिइन् । जीवन’भरि उनमा अमिताभको प्रभाव रह्यो । उनी आफ्नो परिव’र्तनको सारा श्रेय अमिताभलाई दिन्छिन् आज पनि । पछि त उनी अमित नभनेर पत्नीले पतिलाई परम्प’रागत रूपमा गर्ने सम्बोधन ‘उहाँ’ भन्न थालिन् । अहिले पनि त्यही गर्छिन् ।

यद्यपि ‘दो अन्जाने’को समयभन्दा कति वर्षअघि नै अमिताभले जयासँग बिहे गरिसकेका थिए । अनि यिनै च’र्चाका कारणले होला, पहिले राम्रो भएको जया र रेखाको सम्बन्ध पछि कहिल्यै राम्रो भएन ।

कहाँसम्म भने, ‘मुकद्दर का सिकन्दर’ भन्ने अत्यन्त हिट र रेखाको सानै भए पनि प्रभाव’शाली अभिनय भएको फिल्म हेरेपछि जयाले रेखासँग फिल्म नखेल्न भनिन् अमिताभलाई, त्य’समा तिनको ‘इन्टिमेसी’ देखेर । जया जान्दथिन् यो फिल्म हो, तैपनि उनलाई पचेन ।

‘मुकद्दर का सिकन्दर’ मा एउटा दृश्यमा कुनै पात्रले भन्छ— ‘अमिताभलाई छाडिदे म पचास हजार दिन्छु ।’ रेखाको जवाफ हुन्छ, ‘इतने में तो मैं उनकी तस्बिर भी ना बेचुँ ।’ दर्शक ह’लमा ताली बजाउँदै आह्लादित हुन्छन् ।

एब पुरानो ‘किस’ घटनापछि विवाद’ले घेरिएकी रेखा आज पनि विवादबाहिर छैनन् । उहिल्यै प्रसिद्ध पत्रिका ‘लाइफ’ ले उनीबारे लेख्दा, उसै बखत पनि उनले पुनस् विश्वजि’तसँग चुम्बनको स्टिल चित्र कसरी खिचाइन् भन्ने प्रश्न उठेको थियो ।

उनी अत्यन्त ‘बोल्ड’ बयान दिन्थिन्, जुन कुनै नायिकाले आ’जसम्म दिएनन् । ‘म आजसम्म गर्भवती नहुनु संयोग नै हो, विवाहपूर्व वा पछि यौ न वा प्रेम खराब होइन‘’ आदि ।

सुन्दर र प्रतिभाशाली नायिका अरू पनि भए बलिउडमा, तर ‘लेडी अमिताभ’ रेखाका केही विशेषता अलग छन् । रेखा धेरै पढे–लेखेकी होइनन्, तर अंग्रेजी माध्य’ममा स्कुल पढ्ने हुनाले, हिन्दी पटक्कै नजान्दा पनि अंग्रेजी लेटरमा सं’वाद लेख्थिन् र तुरुन्तै यसरी बोलेर सुनाइदिन्थिन् ।

मान्छेलाई विश्वासै हुँदैनथियो, यिनी हिन्दी जान्दिनन् । ‘डबिङ’ पनि अरू कलाकारभन्दा आधा समय’मा सक्थिन्, त्यो पनि बेजोड किसिमले । – एजेन्सी

प्रतिकृया दिनुहोस्