Sunday, September 24

इलाम पुगे रबि लामिछाने, हेर्नुहोस् सार्वजनिक भएका ८ तस्बिर…

July 14, 2020 3744

चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं १ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ ।

इलाम

गत आईतबार को सीधाकुरा कार्यक्रम प्रदेश नम्बर १ को झापाबाट सञ्चालन गरिएको थियो भने आज मंगलबार हुने कार्यक्रम इलाम वाट सञ्चालन गरिने तयारी भइरहेको छ ।

रिपोर्टिङ गर्दै

कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।

कार्यक्रम प्रोड्युसर दीपक बोहोरा

प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

रबि लामिछाने

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो ।

स्थानीयका गुनासाहरु सुन्दै

 

सिधा कुरा जनतासँग कार्यक्रम  केहि हप्ताको लागि स्टुडियो बाहिरबाट नै प्रसारण हुने बताइएको छ ।

स्थानिय र सीधाकुरा टीम

यसैक्रममा उक्त कार्यक्रमका उत्पादक दीपक बोहोराले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

रिपोर्टिङ गर्दै

कृषकका गुनासा र समस्या बुझ्दै

प्रतिकृया दिनुहोस्