पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।
अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।
महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।
यता, महिला’हरुको चाड तीज नजि’किरहँदा सु’नको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी म’हासंघले जनाएको छ ।
नेपाली बजारमा सुन’को मूल्य आज घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्याव’सायी महासंघले जनाएको छ ।
महासंघका अ’नुसार आज छापावाल सुन’को मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।
त्यस्तै, आज चाँ’दीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर प्रतितोला ९९५ मा कारोबार भइरहेको महासंघले जना’एको छ।
प्रतिकृया दिनुहोस्