नेपाली संस्कारमा वेहुला र वेहुलीको उमेरको धेरै अन्तर हुँदैन । प्राय वेहुलीको उमेर सानो हुन्छ । पछिल्लो समयमा भने उ’मेरको खासै महत्व राखिदैन ।
बढी उमेरको युव’तीसंग पनि विवाह गर्ने थाल’नी भएको छ । तर त्यो प्राय प्रेम विवाहमा हुन्छ । तर कहिले काँही यस्तो पनि हुन्छ जुन कुरा विश्वास गर्न पनि मुस्किल पर्छ ।
विवाहमा ५, ७ वा १० वर्ष सम्मकै भिन्नतालाई सामान्य मानिन्छ । तर एउटाको उमेर भन्दा अर्काको उमेर झण्डै ती’हाइले बढी भयो भने के होला रु त्यो पनि बेहुलीको । तर प्रेम अन्धो हुन्छ भनेजस्तै यहाँ त्यस्तै भएको छ ।सुन्दै पत्यार नलाग्ने यस बिवा’हमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ ।
र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी । उनीहरुले एक अर्कालाई यति माया गर्छन की यो उमेरले पनि छेकेन ।यो भारतको उत्तर प्रदे’शको मुरादाबाद जिल्ला’को रामपुर शहर, सैदनगर गाउँमा भएको घटना हो । एक ६० वर्षकी महिलाले २० वर्षका युवकसंग धुमधामले विवाह गरेकी छन् ।
अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्व’भर फैलिएको छ । बेहुला भारत हरदोईका निवासी हुन् । यि दुबैको भेट मिस्डकलबाट शुरुवात भएको थियो ।खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्ब’रमा कल गरेका थिए । उनले फोन डायल गर्दा गर्दै गलत नम्बरमा डायर गरे भन्ने थाहा पाए अनि क्यान्सिल गरे ।
उता महिलाले भने मिसक’ल आएको थाहा पाइन् । उनले फोन फर्काइन् । मिसकलवाट सुरु भएको उनीहरु`को मित्रता घनिष्ट हुन थाल्यो । फोनमै उनीहरुले संगै बाँच्ने कसम खाए ।
करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि निधन भइसकेको छ । उनकी विवा’ह भइसकेकी छोरी पनि छन् । आमाले २० वर्षका उमेरका युवासंग विवाह गर्न लागेको थाहा पाएर छोरीले निकै विरोध गरिन् ।
यो बिषय प्रहरीकोमा समेत पुग्यो । तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरु’लाई कारबाही गर्न सकेन । उनीहरुले धुमधामले विवाह गरे । – एजेन्सी
प्रतिकृया दिनुहोस्