राजेश हमाल महानायक होइन भन्ने अभिव्यक्ति दिएका कारण आलोचनाको सिकार बनेकी दीपाश्री लाई उनै महानायक राजेश हमाल ले माफी दिन आग्रह गरेका छन् ।
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–
‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाका’रहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’
उनले आफू आबद्व क’ला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप-प्रत्यारोपप्रति उनले दु:ख व्यक्त गरे । मलाई लक्षि’त गरेर कसैले आफ्नो भना’ई राख्नुभयो । भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् ।
तर, अर्को तहबाट हेर्दा, हामी’ले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वज’निक स्थलमा राख्नु’हुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’
मानवताको लागि कसैको मानवता’को आँच पुग्ने गरि अभिव्यक्ति प्रकट नगर्न पनि उनले आग्रह गरे । उनले भने, ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चा’हन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मान’वताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं ।’
हमालले व्यक्तिगत हिसा’बले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । उनले भने–‘दर्शकहरुलाई म हृदय’देखि नै अनुरोध गर्न चाहन्छु,
कि अली फराकिलो भएर वृहत्त चित्र’लाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’
हमालले दिपाश्रीकाे नाम नलिए पनि दिपाश्री’लाई नै इंगित ‘मेरा सहकर्मी’ भनेका छन् । हमालले अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् ।
हप्ता दिनअघि एक टेलिभिजन कार्यक्रम मा दीपाश्री ले राजेश हमाल महानायक होईन भन्ने अभिव्यक्ति दिएकी थईन् , त्यस यता लगातार उनको आलोचना भइरहेको थियो ।
उनको पक्ष लिएर बचाऊ गर्ने हरुलाई पनि राजेश हमाल का फ्यान हरुले नकारात्मक टिप्पणी गरेका थियो , दीपाश्रीको उक्त अभिव्यक्तिले फ्लिम क्षेत्र लगायत सामाजिक संजाल निकै गर्माएको थियो ।
प्रतिकृया दिनुहोस्