Thursday, December 7

कोरियामा नेपाली कामदारको तलब बढ्यो, कति पुग्यो ? हेर्नुहोस्..

July 15, 2020 1255

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमि’कको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरि’रहेका स्वदेशी तथा विदेशी मज’दूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपा’लीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रति’निधि तथा सरकारी कर्मचारीको पटकपट’कको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रो’जगारी गरिरहेका नेपा’लीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ ।

महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यून’तम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।

सन् २०२० लागि २.९ प्रति’शत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कति’पय कम्पनी चल्न मुस्किल भएका’ले पनि तलब वृद्धि कम हुन सक्ने बताइए’को छ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्